भ्रष्टाचारी मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ ।

नेकपा नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चन्द्रभुषण साहले भ्रष्टाचार तथा अनियमिततामा संलग्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले कारवाही नगरेको आरोप लगाउँदै राजिनामा दिनुपर्ने बताएका छन् ।

‘आफैले नेतृत्व गरेको सरकार भित्रको राज्यमन्त्री स्वयं आफैं बोलिरहेको स्पष्ट अडियो चौतर्फी भाईरल भई सम्बन्धित पक्षले स्वीकार समेत गरिसक्दा पनि कारवाही गर्न नसक्ने निरीह, लाचार एवं असक्षम मुख्यमन्त्री लालबाबू राउत पनि आफ्नो पदमा रहिरहनुको अब कुनैपनि तुक र औचित्य छैन्’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

केही समय अघि प्रदेश २ का राज्यमन्त्री योगेन्द्रराय यादवले भ्रष्टाचार र अनियमिततामा प्रकरणमा आफु जसरी पनि जोगिने तथा अब केवल मन्त्री शैलेन्द्र साह मात्र फस्ने कुरा स्पष्ट रुपमा गरिरहेको अडियो सार्वजनिक भएपछि उनको बचाउँमा मुख्यमन्त्री राउत लागेको आरोप उनको छ ।

राज्यमन्त्री यादवको सो अडियो भाईरल हुँदा समेत मन्त्रीद्वय साह र यादवले न्यूनतम नैतिकताको आधारमा राजीनामा दिन नसक्नु पदलोलुपता एवं निर्लज्जताको पराकाष्ठ रहेको भन्दै प्रदेश २ मा चर्चाको बिषय बनेको छ ।

‘आम जनताको रगत र पसीना मिसिएको करबाट तलब–भत्ता खाने हाम्रा प्रदेश सांसदहरुलाई समेत यी र यस्ता जनपक्षिय जनसेवा र जनसरोकारका विषयहरुमा शशक्त रुपमा निरन्तर आवाज बुलन्द गर्न विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दै बेथिति र भ्रष्टाचारमा संलग्न राज्यमन्त्री तथा मन्त्री सहित निकम्मा २ नं. प्रदेश सरकारका नायिके मुख्यमन्त्री लालबाबू राउतको राजीनामा जोडदारपूर्वक माग गर्दछु’ साहले लेखेका छन्, ‘आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन यस विषयप्रति सम्बन्धित सबै पक्षको समयमैं गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छु ।’

नेकपा नेता साहले प्रदेश सरकार पिसी र कमिशनको भरमा योजना विक्रि–वितरण, मन्त्रालयबाट नै व्यक्तिको मोबाइल नम्बर तोकेर बजेट निकाशा, पूर्वाग्रही एवं वितरणमुखी बजेट बाँडफाँड, खरीदमा घोटाला जस्ता अनगिन्त अनियमितता, भ्रष्टाचार एवं ब्रह्मलुटमा चुर्लुम्म डुबेको कुरा घाम जतिकै छर्लङ्ग रहेको बताए ।

कोरोना भाइरसको महामारी र लकडाउनका बेला मुख्यतः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय थप संवेदनशील हुदै कम्तिमा प्रदेशभरका किसानहरुको लागी समयमैं आवश्यक मात्रामा उच्च गुणस्तरका विउ–वीजन, मल–खाधहरूको सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी, कृषि बालिनालीका लागी आवश्यक बजार व्यवस्थापन तथा शीत–भण्डारण, कृषि क्षेत्रमा वैज्ञानिक आधुनिकीकरणको मद्दतले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन ठोस कार्ययोजना सहितको कार्यान्वयन गर्नुपर्ने माग उनले गरे ।

तर आफ्ना आधारभूत काम, कर्तव्य एवं जिम्मेवारीबाट विमुख भई कहिले पम्पिंग सेट खरिदमा त कहिले कृषि ज्ञान केन्द्र मार्फत निरन्तर ब्रह्मलुट मचाऊदै आएको आरोप उनले लगाएका छन् ।

शुरुदेखी नै जुनसुकै कमिकमजोरी, अपराध तथा अकर्मण्यता ढाकछोप गर्न सम्पूर्ण दोष एवं आरोपहरु संधै संघीय सरकारमाथी थुपारी गाली मात्र गर्ने प्रदेश सरकारले जनताको हित एवं चाहना बमोजिम काम गर्न नसकेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्