अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन् ।’

उनले अघि भने, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन, कोरोनाविरुद्ध केन्द्रित हुने बेला हो ।’

यदि कतिकतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही प्रधानमन्त्री ओलीले गर्ने बताए । उनले अहिले काम गरिएकोहरुलाई शंका गर्नु उपयुक्त नहुने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउनासाथ अनियमितता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

प्रतिक्रिया दिनुहोस
पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...