प्रधानमन्त्री ओली देखिए धेरै खुसी, भने यो सबै नेपालीको जीत हो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको उनले बताए ।

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको बताए । ‘पूर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गनर्ज सक्छौं,’ उनले भने, ‘अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना मुखरित गरेको छ ।

उनले अघि भने, ‘यो कसले जस लिने ? कसको देवत्वकरण गर्ने भन्ने विषय होइन । सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण हो । यसमा हामीले लामो समयदेखि उठाएका छौं । जनस्तरबाट उठेको छ । आफ्नै स्वेच्छाले खोज गरेका छन् । तथ्यहरु स्थापित गरेका छन् र, यसमा कसैले पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन । कोही जसबाट छुट्ला कि भन्नु पर्दैन । यो हाम्रो संसदको सर्वसम्मतको निर्णय हुन्छ । सर्वसम्मत गरेपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा समहित छ भन्ने प्रष्ट हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...