चिनियाँ सेना नेपाल आउने चर्चा



हाम्रो इकोनोमि

 

लकडाउन खुकुलो बन्दै जाँदा कोरोना भाइरसको संक्रमण रोकथाममा सघाउन मेडिकल टीमसँगै चिनियाँ सेना नेपाल आउने चर्चा भए पनि यसबारे सरकारले स्पष्ट पारेको छैन ।

चिनियाँ सेना नेपाल आउने तयारी बारे भारतीय मिडियामा समाचार प्रकाशन भएसँगै राजनीतिक दल र संसदमा समेत यसबारे बहस सुरु भएको छ । कांग्रेस नेता विमलेन्द्र निधीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा स्वास्थ्य सहयोगको वहानामा चिनियाँ सेना नेपालमा झार्ने तयारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।

निधीले विभिन्न स्रोतबाट प्राप्त जानकारी उद्धृत गर्दै १५ सय चिनियाँ जनमुक्ति सेनाको टोली आउन लागेको खुलासा गरेका छन् । सरकारका यस्ता कदमले लोकतान्त्रिक अधिकार कुण्ठित बन्ने चिन्ता कांग्रेस नेता निधीले व्यक्त गरेका छन् । साथै कम्युनिष्ट शासन लाद्न खोजेको उनको आरोप थियो ।

भारतीय चर्चित पत्रिका ‘द हिन्दु’ले चिनियाँ सेना नेपाल आउने समाचार यही जुन ७ मा प्रकाशन गरेको थियो । द हिन्दुका अनुसार नेपालमा कोरोना महामारी बढिरहँदा मेडिकल सहायताका लागि भन्दै चिनियाँ जनमुक्ति सेना नेपालमा आउने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भिडिओ कलमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमलाई नेपाल ल्याउने सम्भावनाबारे छलफल गरेको द हिन्दुको दावी छ ।

यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक नेताले संसदमै प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले स्वास्थ्य संकटकाल लगाएर चिनियाँ जनसेना नेपाल ल्याउन लागिएको बारे सरकारले जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका हुन् ।

नेपाल सरकारले भने यसबारे अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । नेपाली सेनासँग बुझ्न खोज्दा नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले चिनियाँ सेना आउने बारेमा ‌औपचारिक जानकारी केही नभएको बताए। प्रवक्ता पाण्डेले भने, ‘यसबारेमा हामीलाई केही थाहा छैन। कुनै औपचारिक जानकारी आएको छैन।’

चीनको जनमुक्ति सेनाले मे महिनाको दोस्रो साता नेपाली सेनालाई कोभिड १९ सँग लड्न स्वास्थ्य सामग्री पठाएको थियो । विमानस्थलका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पीपीई, कोरोना भाइरस परीक्षणमा प्रयोग हुने बेडसहित चिनियाँ सेनाले आफ्नै विमान मार्फत सामग्री पठाएको थियो ।

नेपाल सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न ढिलाइ भइरहेका बेला चिनियाँ सेनाले स्वास्थ्य सामग्री पठाएको थियो । चिनियाँ राजदूत होउ यान्छीले सैनिक मुख्यालयमा ती सामग्री नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई ५ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...