गगन थापाले भने : दश अर्बको एक एक हिसाब चाहिन्छ



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएको छ । कांग्रेसले प्रधानमन्त्रीको अहंकारले कोरोना रोकथाम नभएको आरोप समेत लगाएको छ । मंगलबारको संसद बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले सरकारले कसैको सुझाव नसुन्दा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको समेत बताए । उनले कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको बताए।

सांसद थापाले सरकारले कोरोना विरुद्धको लडाइलाई पार लगाउन नसक्ने दावि समेत गरे । यो सरकारले कोरोना विरुद्धको लडाइ पार लगाउन सक्दैन’, उनले भने, ‘अब हामी सहयोग गर्छौ भनेर मात्रै बस्दैनौं। प्रश्न सोध्छौं र उत्तर चाहन्छौ । ’ सरकारले अदालत, प्रेस तथा विज्ञ कसैका कुरा नसुनेर अहंकार देखाएको थापाको आरोप छ।

उनले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको १० अर्ब कहाँ खर्च गरेको हिसाब चाहिने बताए। ‘दश अरब कहाँ खर्च भयो ? एक एक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’ सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको बताएको थियो।

सांसद थापाले कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने प्रश्न उठाएका छन्। ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ ?’ उनले प्रश्न गरे।

क्वारेन्टाइन भद्रगोल भएको भन्दै उनले प्रश्न गरे, ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो ?’ सरकारले पछिल्लो समय परीक्षण दायरा साँघुरो बनाएकोमा थापाले आपत्ति प्रकट गरे। उनले व्यंग गर्दै भने, ‘अब टेष्ट गर्न बन्द गरिदिने कोरोना फ्रि देश भनिदिने।’

सांसद थापाले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने पनि उल्लेख गरे। यी सबै प्रश्नका जवाफ उपप्रधानमन्त्रीले दिनुपर्ने त्यसमा चित्त नबुझे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ। ‘अब बोलेर थपक्क बस्ने दिन गए,’ उनले भने, ‘एकेक कुराको हिसाब चाहिन्छ। सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’

कांग्रेस अब सरकारलाई सहयोग गरेर मात्रै नबस्ने भन्दै सरकारलाई जसरी पनि जवाफदेही बनाउने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...