पूर्वसभामुख महरा रोल्पामा हलो जोत्दै



हाम्रो इकोनोमि

 

रोशनी शाही बलात्कार काण्डपछि गुमनाम रहेका पूर्वसभामुख कृष्णबहादुर महरालका छोरा निर्मल महराले आफ्ना बाबुले हलो जोत्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद समेत रहेका महराले रोल्पाको लिवाङस्थित आफ्नो पुख्र्यौली बारीमा हलो जोत्दै गरेको तस्बिरमा देखिएको छ ।

महराको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सार्वजनिक कार्यक्रमहरूमा धेरै जान छाडेका महरा दाङ क्षेत्र नम्बर २ का कार्यक्रमहरूमा फाट्फुट देखिने गरेका छन् ।

घोराहीको पनौरामा रहेको भव्य घरमा बस्ने गरेका महरा एकाएक रोल्पाको लिवाङमा रहेको आफ्नो पुख्र्यौली जग्गा जोत्न पुगेका हुन् ।

महराले आफूलाई रोशनी शाही काण्डबाट बाहिर निकाल्नका लागि मन बहलाउन हलो जोतेको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।

महराले हलो जोत्दै गर्दा उनकी पत्नी छोरा, आफन्त र सुरक्षा अंग (पीएसओ)ले नजिकै डिलमा बसेर हेरेको तस्बिर र भिडियोमा देखिन्छ ।

संसदमा बजेटमाथि छलफल भइरहेको छ । तर, नेकपाका सांसद महरा भने रोल्पातिर आइपुगेका छन् ।

तत्कालीन समयमा संसद सचिवालयमा काजमा रहेकी स्वास्थ्यकर्मी रोशनी शाहीले महरालाई बलात्कार काण्डमा मुछेकी थिइन् । शाहीले पछि बयान फेरेपछि काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा महराले सफाइ पाएका थिए ।

दशैँभन्दा केही दिन अगाडि असोज १९ गते पक्राउ परेपछि महरा लामो समयसम्म डिल्लीबजार कारागारामा बसेका थिए ।

उनले फागुन ५ गते जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...