कोरोना निको हुनेको संख्या ४६७ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरस निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या बढदै गएको छ । आईतबार मात्रै नेपालमा थप १०२ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घन्टामा १०२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको बताए । प्रवक्ता देवकोटाका अनुसार आईतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना, कलैया अस्पताल बाराबाट सोही जिल्लाका ३४ जना, कोभिड युनिफाइड अस्पताल बलम्बू काठमाडौँबाट महोत्तरीका १, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट रुपन्देही र कपिलवस्तुका २७ जना निको भएर घर फर्किएका छन् ।

यस्तै कोरोना विशेष अस्पताल दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना र रौतहटका १८ जना गौरको नर्सिङ इन्स्टिच्युटबाट डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए ।

देशभर संक्रमितको संख्या ३ हजार ४४८ पुग्दा कोरोनामुक्त हुनेको संख्या ४६७ रहेको छ। जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ९१, प्रदेश २ मा १८६, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १३३, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा १३ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १३ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...