कोरोना निको हुनेको संख्या ४६७ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरस निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या बढदै गएको छ । आईतबार मात्रै नेपालमा थप १०२ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घन्टामा १०२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको बताए । प्रवक्ता देवकोटाका अनुसार आईतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना, कलैया अस्पताल बाराबाट सोही जिल्लाका ३४ जना, कोभिड युनिफाइड अस्पताल बलम्बू काठमाडौँबाट महोत्तरीका १, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट रुपन्देही र कपिलवस्तुका २७ जना निको भएर घर फर्किएका छन् ।

यस्तै कोरोना विशेष अस्पताल दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना र रौतहटका १८ जना गौरको नर्सिङ इन्स्टिच्युटबाट डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए ।

देशभर संक्रमितको संख्या ३ हजार ४४८ पुग्दा कोरोनामुक्त हुनेको संख्या ४६७ रहेको छ। जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ९१, प्रदेश २ मा १८६, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १३३, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा १३ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १३ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...