नेकपा पर्साका अध्यक्ष प्रभु हजरा दुसाधलाई खुल्ला पत्र



 

श्रदेय अध्यक्ष कमरेड,  नेकपा जिल्ला कमिटी, पर्सा

तत्कालीन नेकपा एमाले पर्साको संयोजक हुदै पूर्व एमाले र एमाओवादीको ऐतिहासिक एकता पछि गठित नेकपा पर्साको समेत अध्यक्षको जिम्मेवारी पाउन सफल एवं भाग्यमानी व्यक्ति तपाईं कमरेड प्रभु हजार दुसाधले पर्सा पार्टीको नेतृत्व गरे देखि पार्टीले बेहोरी रहेको दुर्दशा र तपाईको छेपारो प्रवृत्ति देखि नसक्ने भए पछि यो खुला पत्र लेख्न बाध्य भएको छु ।

सिंगो तराई–मधेशमा तत्कालीन एमाले माथि कालो बादल छाएको बेला पार्टीलाई पुनर्जीवन दिनका लागि संजीवनी बुटीको रूपमा नेपाली समाजमा देखाउनका निम्ति तराई मधेश भित्रका अति पिछडिएको समुदायबाट जिल्ला नेतृत्व दिने पार्टी नीति अनुसार केही नेता कमरेडहरुको लागि उपयुक्त झोले पात्रको रूपमा मनासिव देखिनु भएकोले ती नेता कमरेडहरुको असिम अनुकम्पाले तत्कालीन एमाले पर्साको संयोजकको टीका थाप्न सफल भई तपाईको राजनीतिक यात्रामा चमक आएको यथार्थ पार्टी पंक्तिमा बताई राख्नु पर्दैन ।

साथै दुई पार्टीको ऐतिहासिक एकता पछि गठित नेकपा को पर्सा अध्यक्ष पनि विधि प्रक्रियाको बाध्यात्मक व्यवस्थाका कारण अध्यक्ष पदमा टिकी राख्न सफल हुनुभएको यथार्थ कसैको सामु लुकेको छैन । तपाई कमरेड प्रभु हजारा दुसाधलाई नेता बनाउन कमर तोड प्रयास गरेका यस जिल्ला बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने ती नेताहरुसंग समेत तपाईले गरेको घात र व्यवहार उहाँहरुको मन मस्तिष्कले सायद कहिलै नबिसाउने होलान । यद्यपि त्यो त समय कालखण्ड र परस्थितिले देखाउ छ नै ! तर तपाईले प्रतिनिधित्व गरेको समुदाय प्रति पार्टीका केही नेताहरु उद्दार भई तपाईलाई जिल्ला नेतृत्वमा ल्याउन सघाएका नेताहरुलाई समेत तपाईले दिएको धोखा र दिनै पिछे फेरेको रङ्गका कारण सिंगो दलित समुदायको चरित्रलाई बदनाम गर्नुको साथै आगामी दिनमा तपाईको समुदायबाट प्रतिनिधित्व गर्ने जो कोहीलाई पार्टी पंक्तिमा हतपती नपत्याउने खालको वातावरण तैयार गरी सिंगो दलित समुदायको भविष्य सँग खेलवाड गरेको जोकोहीले पनि सहजै भन्न सक्छ ।

हस, हजुर र हुन्छ जस्ता शब्दहरूको प्रयोग बाट मात्रै विभिन्न उपलब्धि हासिल गर्नु भएका तपाई कमरेड पर्सा जिल्लाको नेतृत्व सम्हाले देखि जिल्ला तह र अन्य माथिलो तहका नेताहरुको दैलो चहार्ने बाहेक एउटा पनि पार्टी र पर्सेली जनता को हितमा उदाहरणीय कार्य गरेको जस्तो अनुभूति मलाई छैन । सिंगो पार्टी पंक्ति लाई चलायमान बनाउने प्रमुख जिम्मेवारी बोक्नु भएको तपाईले पार्टी संरचनालाई नै ध्वस्त पार्नु भएको छ । सांगठनिक तवरले भए भरका कमिटीहरु पनि चलायमान छैनन् । यस जिल्लामा आम कार्यकर्ताको पार्टी प्रतिको आस्था कम नभए पनि पार्टी नेताको उपस्थिति कहि न हुदाँ पार्टी संग आस गर्ने अवस्था चाहि यस जिल्लामा रहेन ।

यस जिल्लामा पार्टीले तपाईको नेतृत्व पाउदाँ यस जिल्लामा रहेका संघिय र प्रदेश सभा निर्वाचनमा सून्य अंक प्राप्त भयो । स्थानिय निर्वाचनमा पनि पार्टीले अनुपेक्षित हार ब्यहोर्नु पर्यो । पार्टीको जस्तो सुकै हबिगत भए पनि तपाईको चमक–दमकमा कुनै असर भएन । हाम्रो महान गौरवशाली पार्टीको इतिहासमा पार्टीले अनुपेक्षीत हार व्यहोरे पछि तत्कालिन नेकपा एमालेका महासचिव कमरेड माधव कुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिएका थिए, तर तपाई को नैतिकता खोइ ? सायद नैतिकता घर मै छोडेर हिन्नु हुन्छ त्यसकारण यसमा केही भन्न उपयुक्त ठान्दिन ।

पार्टीमा जीवन समर्पण गरेका बहुसंख्यक नेता कार्यकर्ताहरुले आफ्नो जीवन कालमा पर्सामा यस्तो असक्षम नेतृत्व नदेखेको अनुभव सुनाउँछन । विभन्न गाउँमा अन्य विरोधी पार्टीका कार्यकर्ताहरु संग आफ्ना पार्टीका कार्यकर्ता कुटिदा स्थानिय प्रहरी प्रशासनमा डेलिगेसन लिएर जाँदा प्रशासकहरुले उल्टै पीडित आफनै कार्यकर्तालाई थरकाउँदा पनि प्रशासकहरु सामु गणेश प्रवृत्ति देखाउनु, हस हजुर भनी कुलेलम ठोक्नु जस्ता तपाईको प्रवृत्ति बाट सयकडौं पार्टी कार्यकर्ता विरोधी पार्टी र स्थानिय प्रशासनको सिकार भए, तैपनि तपाईंको प्रवृत्तिमा सुधार भएन र सम्भावना पनि देखिंदैन ।

हाम्रो पार्टीले सरकारको नेतृत्व गरी रहेको छ, दुई तिहाई हाराहारीको बहुमतको सरकारको नेतृत्व गर्ने पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर तपाईले आफ्नो व्यक्तिगत जीवनमा गर्नु भएको परिवर्तन तपाईको लागि उपलब्धिजनक भए पनि पार्टी र कार्यकर्ताको लागि निराशाजनक छ । पार्टीले तपाईलाई दिएको जिम्मेवारीको भरपूर फाईदा उठाउन सफल रहनु भएकोमा धन्यबाद छ तपाईलाई ।

जुन तरीकाले तपाई आफ्नो दिनचर्या बनाउनु भएको छ त्यस प्रति मेरो गम्भीर आपती छ । तपाईंको निजी जीवनमा प्रश्न खडा गर्ने मेरो अधिकार छैन तर हाम्रो गरिमामय पार्टीको अध्यक्षको प्रवृत्ति प्रति थु–थु भईरहँदा हाम्रो सान कदापी बढ्दैन, त्यसैले सामान्य मान्छे जस्तो जी हजुर, जी हजुर गर्दै विभन्न सरकारी, प्रशासनिक एवं व्यपारिक प्रतिष्ठानको कार्यालयहरुमा चहार्दा पदको गरिमालाई ख्याल गर्नु पर्दैन कमरेड ?

पार्टी भित्र देखिएका विभिन्न विचार समुहमा पनि तपाई सबैको हो तर आवश्यक परेको बेला कसैको होइन भन्ने कुरा अब पार्टीबृतमा बताई राख्नु पर्दैन । यो सवालमा धेरै चर्चा गर्न उपयुक्त देख्दिन । शक्ति केन्द्रको वरिपरि गणेश परिक्रमा गर्ने र अवसरको लागि लम्पसार हुनेमा विद्यावारधी हासिल गर्नु भएको तपाई कमरेडले सिंगो मुलुक कोरोना संक्रमण बाट बच्न घरमै लक डाउन रहेको अवधि भर तपाई पनि सर्वसाधारण जनता जस्तै घरमै सुत्नु भो । लकडाउन अवधिको करिब १ महिना पछि एक्कासी तपाईको निन्द्रा खुल्यो र तपाईले नारायणी अस्पताललाई अविलम्ब जेनरल अस्पताल बनाउनका लागि प्रेस विज्ञप्ति जारी गर्नु भो । धेरै कार्यकर्ताले तपाई सक्रिय रहेको अनुभुति गरे होलान, तर त्यो विज्ञप्ती भित्र पनि तपाईको निहित स्वार्थ पछि थाहा पाइयो । तपाईको जेठी छोरा बुहारी नारायणी अस्पतालमा कार्यरत छिन, नारायणी अस्पताल कोभिड अस्पताल रहदा सम्म उनी बेरोजगार भएकी थिइन । त्यसैले तपाई आफ्नो बुहारीको बेरोजगारी अन्त्यको लागि प्रेस विज्ञप्ति जारी गरेको यथार्थ सबैको सामु जानकारी गराउदै तपाई आफ्नो कार्यकाल अवधिमा पार्टी, पर्साबासी वा आफ्नै समुदायको हितमा एउटा पनि उदाहरणीय कार्य गर्नु भएको छ भन्ने सार्वजनिक गर्न चुनौती दिन्छु ।

तपाईको पारिवारिक पृष्टभूमिको बारेमा चर्चा गर्न नचाहँदा नचाहँदै गर्न बाध्य छु । आफ्नै सम्पूर्ण परिवारलाई आफ्नो आस्थाको दल संग जोडन नसक्ने तपाईलाई नेतृत्वमा ल्याउँदा जिल्ला अवस्थित केन्द्रिय नेताहरूले दूरदर्शिता देखाएको भए सायद पर्सा पार्टीले यो दिन देख्नु पर्दनैथ्यो । पार्टी भित्र तमाम बेथिति श्रृजना गर्नु भएको तपाईमा पार्टी प्रति अलिकति पनि माया छ भन्ने पार्टी अध्यक्ष पदबाट राजीनामा गरेर मार्ग प्रसस्त गर्न आग्रह गर्दछु ।

यी तमाम यथार्थ र चुनौतीहरू म पार्टी जिल्ला कमिटी सदस्यको हैसियतले पार्टी बैठकमै राख्थे तर तपाई नेतृत्वमा रहँदा सम्म बैठक बस्ने कुनै सम्भावना न देखि बाध्यात्मक अवस्थामा यो खुला पत्र लेखेको हु । कथम कदाचित बैठक बसे पनि यही नै तपाई प्रतिको मेरो आधिकारिक धारणा हो । धन्यवाद, हार्दिक अभिवादन !

राघव साह
जिल्ला कमिटी सदस्य
नेकपा पर्सा

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्