प्रभु साहले भने राज्यमन्त्री यादवलाई पदबाट बर्खास्त गर्नुपर्छ



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।

आर्थिक अनियमिततामा संलग्न भएको आरोपप्रति जिम्मेवार हुनुको सट्टा आपराधिक रुपमा प्रस्तुत भएको भन्दै नेकपाले राज्यमन्त्री यादवको राजिनामा माग गरेको हो ।

शुक्रवार नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले सामाजिक संजाल फेसबूकमार्फत प्रदेश सरकार लकडाउनमा पनि भ्रष्टाचारमा व्यस्त रहेको आरोप लगाएका थिए । शनिवार राज्यमन्त्री यादवले प्रेस विज्ञप्तिमार्फत अध्यक्ष साहलाई गालीगलौज गरी झुटा आरोप लगाएपछि नेकपाले पदबाट हटाउन मुख्यमन्त्री लालबाबु राउतसंग माग गरेको हो ।

अध्यक्ष साहका स्वकीय सचिव विजय यादवद्वारा जारी वक्तव्यमा राज्यमन्त्री यादवको राजिनामा माग गर्नुको साथै मानहानी तथा साइबर क्राइमको मुद्दा चलाउन समेत ध्यानाकर्षण गराइएको छ ।

‘राज्यमन्त्री योगेन्द्र यादवले आज निकालेको प्रेस वक्तव्यको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा प्रदेश २ को अध्यक्ष माननीय प्रभु साहले हिजो सामाजिक सन्जाल मार्फत प्रदेश–२ सरकारको कृषि मन्त्रालय अन्तर्गत व्यापक अनिमियता भइरहेको बिषय उठाउनु भएको थियो । यस सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनु पर्नेमा आज राज्य मन्त्रीले हाम्रा जनप्रिय नेता मा. प्रभु साहज्युमाथि हत्यारा देखी भ्रष्टचारी सम्मको तथानाम गाली गलौज गरी आफ्नो असली चरित्र छरलङ्ग पारेका छन’ वक्तव्यमा उल्लेख छ, ‘प्रदेश २ को प्रमुख प्रतिपक्ष दलको प्रदेश अध्यक्षको हैसियतमा त्यहाँ भइरहेको गलत क्रियाकलाप बारे प्रश्न उठाउदा त्यसको जवाफ दिनु र सुधारनुको सट्टा यसरी मानहानी एवं साइबर क्राइममै उत्रीनु दुर्भाग्य हो । यस्ता अपराधीलाई प्रदेश २ सरकारले तुरुन्त मन्त्री पदबाट हटाउन र कानुनी छानबीनमा सहयोग गर्न जरूरी छ ।’

अध्यक्ष साहले प्रदेशको कृषि मन्त्रालयको संलग्नतामै रौतहट लगायत प्रदेशभरीको कृषि ज्ञान केन्द्रमार्फत आर्थिक अनियमितता भइरहेको भन्दै छानबिन गर्न ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...