नेपालमा थप २ सय ७८ जनामा कोरोना, संक्रमितको संख्या २९ सय १२ पुग्यो



हाम्रो इकोनोमि

 

शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।

बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको  संख्या बढ्दै गएको छ।

शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २  जनाको नमुना परीक्षण गरिएको छ।

उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या  तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्।  नेपालमा कोरोनाका कारण १० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...