१५ हजार कोरोना संक्रमित पुग्न सक्ने स्वास्थ्यमन्त्री ढकालको अनुमान



हाम्रो इकोनोमि

 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनामा नेपालमा १५ हजार कोरोना संक्रमितको संख्या पुग्न सक्ने अनुमानित तथ्यांकबारे खुलाएका छन् ।

बुधबार एकैदिन २०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेका बेला उनको यो अनुमान मन्त्रालयको आन्तरिक प्रक्षेपणका आधारमा आएको विश्लेषण गरिएको छ ।

हाल स्वास्थ्य मन्त्रालय र विविध नीजि कम्पनी मार्फत पनि परिक्षणको दरमा वृद्धि भएका कारण यो अनुमानित तथ्यांक सार्वजनिक गरिएको हो । अर्कोचाहिँ भारतबाट नेपालमा अत्यधिक नागरिकको आगमन भएको र उनीहरूमा कोरोनाको संक्रमण धेरै देखिनु पनि आधार मानिएको हो ।

सरकारले के गर्नेछ ?

संक्रमितहरूलाई आइसोलेसन केन्द्र बनाएर राख्ने नीतिमा सरकार अघि बढेको मन्त्री ढकालले खुलाएका छन् । घरमै पनि आइसोलेसन कायम गरिने नीतिमा सरकार अगाडि बढेको छ ।

संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक पर्ने देखिएकाले सरकार त्यसको व्यवस्थापनको तयारी सरकारले गरकेो छ । स्वास्थ्य मन्त्रालयले गत महिना नै एक कार्यविधि तय गरेर संक्रमित संख्या दुई हजार नाघेमा लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने जनाएको थियो । कार्यविधिमा संक्रमित संख्या दुईदेखि पाँच हजार पुग्दासम्म लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा राखिने र लक्षण भएकाहरूलाई मात्र अस्पताल भर्ना गरिने भनिएको थियो । अहिले नेपालमा दैनिक ३ हजारको दरले परीक्षण भइरहेको छ । जसमा दैनिक औसत साढे दुई सय संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...