१५ हजार कोरोना संक्रमित पुग्न सक्ने स्वास्थ्यमन्त्री ढकालको अनुमान



हाम्रो इकोनोमि

 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनामा नेपालमा १५ हजार कोरोना संक्रमितको संख्या पुग्न सक्ने अनुमानित तथ्यांकबारे खुलाएका छन् ।

बुधबार एकैदिन २०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेका बेला उनको यो अनुमान मन्त्रालयको आन्तरिक प्रक्षेपणका आधारमा आएको विश्लेषण गरिएको छ ।

हाल स्वास्थ्य मन्त्रालय र विविध नीजि कम्पनी मार्फत पनि परिक्षणको दरमा वृद्धि भएका कारण यो अनुमानित तथ्यांक सार्वजनिक गरिएको हो । अर्कोचाहिँ भारतबाट नेपालमा अत्यधिक नागरिकको आगमन भएको र उनीहरूमा कोरोनाको संक्रमण धेरै देखिनु पनि आधार मानिएको हो ।

सरकारले के गर्नेछ ?

संक्रमितहरूलाई आइसोलेसन केन्द्र बनाएर राख्ने नीतिमा सरकार अघि बढेको मन्त्री ढकालले खुलाएका छन् । घरमै पनि आइसोलेसन कायम गरिने नीतिमा सरकार अगाडि बढेको छ ।

संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक पर्ने देखिएकाले सरकार त्यसको व्यवस्थापनको तयारी सरकारले गरकेो छ । स्वास्थ्य मन्त्रालयले गत महिना नै एक कार्यविधि तय गरेर संक्रमित संख्या दुई हजार नाघेमा लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने जनाएको थियो । कार्यविधिमा संक्रमित संख्या दुईदेखि पाँच हजार पुग्दासम्म लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा राखिने र लक्षण भएकाहरूलाई मात्र अस्पताल भर्ना गरिने भनिएको थियो । अहिले नेपालमा दैनिक ३ हजारको दरले परीक्षण भइरहेको छ । जसमा दैनिक औसत साढे दुई सय संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...