संघीयता खारेजी माग राख्दै जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाएको छ। जनमोर्चाले संघीयतासम्बन्धी सम्पूर्ण प्रावधान खारेजीको माग गर्न आवश्यक प्रक्रियाबारेमा मंगलबार संसद सचिवालयमा पुगेर जानकारी लिएको छ।  जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर भोलि संसद सचिवालयमा संशोधन विधेयक दर्ता गर्ने तयारी छ। ‘नेपालको संविधान २०७२ मा उल्लिखित संघीयतासम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गर्न लागिएको हो,’ उनले भनिन्, ‘भोली हामी यो प्रस्ताव दर्ता गरिछोड्छौँ।’

संशोधन प्रस्तावको प्रक्रियाबारे बुझ्‍न राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष पौडेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेलगायतको टोली संसद सचिवालय गएको थियो।   नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको पौडेलले बताइन्। राजमोले संघीयताका कारण जनतालाई चर्काे बोझ परेको भन्दै संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको पौडेलले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...