संघीयता खारेजी माग राख्दै जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाएको छ। जनमोर्चाले संघीयतासम्बन्धी सम्पूर्ण प्रावधान खारेजीको माग गर्न आवश्यक प्रक्रियाबारेमा मंगलबार संसद सचिवालयमा पुगेर जानकारी लिएको छ।  जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर भोलि संसद सचिवालयमा संशोधन विधेयक दर्ता गर्ने तयारी छ। ‘नेपालको संविधान २०७२ मा उल्लिखित संघीयतासम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गर्न लागिएको हो,’ उनले भनिन्, ‘भोली हामी यो प्रस्ताव दर्ता गरिछोड्छौँ।’

संशोधन प्रस्तावको प्रक्रियाबारे बुझ्‍न राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष पौडेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेलगायतको टोली संसद सचिवालय गएको थियो।   नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको पौडेलले बताइन्। राजमोले संघीयताका कारण जनतालाई चर्काे बोझ परेको भन्दै संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको पौडेलले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...