सत्ता र शक्ती हत्याउन भएका नेपालका १० चर्चित काण्डहरु



 

सिंगो देश र जनतालाई रुवाएको विभत्स राजदरबार हत्याकाण्ड र तात्कालिन एमाले महासचिव मदन भण्डारी अनि नेता जीवराज आश्रीत जीप दुर्घटनामा परेको दासढुंगा काण्ड मात्रै होइन्, नेपाललको इतिहासमा राजनीतिक एवं ब्यक्तिगत स्वार्थका निम्ती धेरै नरसंहारहरू भएका छन् । निहत्था जनतादेखि राजा र राजनेता अनि सेनापतिसम्मले यस्ता काण्डबाट ज्यान गुमाउनुपरेको छ । नेपालको इतिहासलाई नयाँ मोड दिएका चर्चित १० हत्याकाण्ड यस्ता छन् ।

नारायणहिटी हत्याकाण्ड
नेपाली इतिहासकै सबै भन्दा विभत्स हत्याकाण्ड २०५८ साल जेठ १९ गते तत्कालिन नारायणहिटी दरबारमा घटेको थियो । युवराज दिपेन्द्रले शाही पाहुनालाई रक्सि र चरेसको नसामा दुब्र्यबहार गरेसँगै तत्कालिन राजा विरेन्द्रले भोज छाड्न भनेपछि आक्रोसमा यो काण्ड भएको भनिएपनि आम जनताले दिपेन्द्रले हत्या गरेका हुन भनेर पत्याउन सकेका छैनन । विरेन्द्र परिवार सहित १० जनाको हत्या भएको दरबार हत्याकाण्डले ज्ञानेन्द्रलाई नयाँ राजा बन्ने अवशर दिलाएपनि लामो समय उनको शासनकाल टिक्न सकेन । गणतन्त्रको बिजारोपण यहि हत्याकाण्डसँगै भएको मानिन्छ ।

दासढुंगा काण्ड
२०५० साल जेठ तीन गते । तात्कालिन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित जीप दुर्घटना परेको दिन् । चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको पनि २७ बर्ष बित्यो । योबीचमा सत्तामा पुगेका कम्युनिष्ट सरकारले सत्यतथ्य छानविन गरेर रहश्य उजागर गर्ने भनेपनि अहिलेसम्म दासढुंगा काण्ड रहश्यमय नै छ । लामो समयसम्म जीवित रहेका जिप चालक अमर लामाको समेत २०६० सालमा हत्या गरेर यो घटनालाई कहिल्यै रहश्य नखुल्ने बनाइएको छ ।

कोत पर्व
जंगबहादुर राणालाई प्रधानमन्त्रि र प्रधान शेनापति बनाउन रचिएको काण्ड । महारानी राज्यलक्ष्मीले आफ्ना प्रिय पात्र गगनसिंहको हत्याले ठुलो चोट सहन नसकेर हत्यारा पत्ता लगाउन भन्दै सम्पूर्ण भारदारहरुलाई बि. १९०३ आश्वीन २ गते मध्यारातमा कोतको प्रांगण उपस्थीत हुने आदेश जारि गर्छिन । सोही समयमा आपसी भनाभन र हातपात हुदा वीरशंकर पाण्डे, अभिमानसिंह बस्न्यात, फत्तेजंग चौतारिया सहित ४०० जना जति भारदारको हत्या गरि कोतको आगनमा रगतको होलि खेलिन्छ । राजनीतिक कैशल प्रयोग गरेर प्रधानमन्त्री रहेका फत्तेजंग चौतारिया र अभिमानसिंह बस्न्यात सहितका सारा दुस्मन मारेर यो कालखण्डमा जंगबहादुर शक्तिमा उदाएका थिए । कोत पर्वबाटै एक सय ४ बर्षे जहानिया राणा शासनको उदय भएको थियो ।

भण्डारखाल तथा बस्नेत पर्व
कोत पर्वमा अनेकौ भारदारहरुको हत्या गराएका जंग बाहादुरसँग तत्कालिन राजा राजेन्द्र सन्तुष्ट थिएनन । जंगबहादुर राणा प्रधानमन्त्रि बन्नु पूर्व रानी राज्यलक्ष्मीसँग रहेको सम्बन्ध प्रधानमन्त्री बनेपछि चिसिएसँगै उनै जंगबहादुरको हत्या योजना सहित बोलाइएको भोजबारे पूर्व जानकारी पाएर जंगबहादुरले अन्य २३ जनाको हत्या गराएका थिए । तात्कालिन दरबारमा १९०३ कार्तिक तिर भण्डारखालको भोजमा भएको यो हत्यालाई भण्डारखाल पर्वका रुपमा लिने गरिएको छ । कोत पर्वमा बचेका दुश्मनलाइ जंगबहादुरले भण्डारखालमा सखाप पारेका थिए । रानी राज्यलक्ष्मी ले निर्वासित जीवन बिताउनु परेको यो समयमा वीरध्वोज बस्नेत, मानसिंह बस्नेत, बीर्केषर बस्नेत, पुरंदर थापा लागायत मारिए ।

गेहेन्द्र शमशेर पर्व
नेपालका प्रभावशाली बैज्ञानिक गेहेन्द्र शम्सेर र देव शम्सेरलाई मदिरामा बिष राखेर हत्या गरिएको दिन । तिर्थराज थापा, मुशे थापा आदिको सहयोग मा नयाँ किसिमका बन्दुक, तोप, हवाइजहाज आदि निर्माण गरेर प्रदर्शन गरेका नेपालकै पहिलो बैज्ञानिक गेहेन्द्र शमसेरलाई नेपाल मा प्रजातन्त्र ल्याउन खोजेको, साथै उद्योगमा नया प्रयोग गर्न खोजेको आरोपमा वि.सं. १९६४ भदौ ४ मा बिष खुवाएर हत्या गरियो । जनताको सहानुभूति प्राप्त गरेर कुनै पनि समय शासन लाइ चुनौती दिन सक्ने डरले दुई जनाको हत्या, गेहेन्द्र का सहकर्मी तिर्थराज थापा लाइ ७ वर्ष जेल र मुसे थापा लाइ देशनिकाला गरियोको यो कालखण्ड गेहेन्द्र शमसेर पर्वमा रुपमा इतिहास बनेको छ ।

१९३८ सालको पर्व
बिसं. १९३८ सालको पौष महिनामा तत्कालिन प्रधानमन्त्रि रणद्वीप् सिंह तराइमा शिकार खेल्न गएको बेला नरेन्द्र बिक्रम शाहले रणद्विप सिंह, धीर शम्सेर र उनका सबै साखा सन्तानलाई मार्ने योजना सहित रचेको काण्ड । तर पहिले नै रहस्य खुलेपछि नरेन्द्र बिक्रम शाह, जगतजंग, वमवीर सिंहले नजरबन्द बस्नुपरेको यो समयमा ४१ जनाको हत्या भयो । केहीको सर्वस्वहरण गरियो ।

विस्ट पर्व
बि.सं. १९३८ मा भएको यो काण्डमा पाटनका संग्रामसिंह बिस्ट लगायत ५ जना बिस्टहरु र अन्य तिन जना समेत गरि कुल आठ जनालाइ खुकुरीले काटेर मारिएको थियो ।

१९४२ सालको पर्व
बि.सं. १९४२ मा पाकिस्तानको रावलपिन्डीको सैनिक प्रदर्शनीमा भाग लिन नेपालबाट वीर शम्सेरको नेतृत्वमा एउटा पल्टन जान तयार भएको थियो । यसरि आफुमा रहेको सैन्य शक्तिको फाइदा उठाउदै वीर शम्सेर र उनका भाइहरुले काका रणद्विप सिंहको हत्या गरे । लगत्तै जंग बहादुरका छोरा जगतजंगको समेत हत्या गरेर जंग बहादुरका भाइका छोराहरु श्री ३ हुने क्रम भत्काइयो । कोत पर्व दोहोरिएको यो समयमा भारदारको हत्या भएन राणाहरु मात्रै मारिए ।

युवराज त्रैलोक्य हत्याकाण्ड
१९०३ को कोत पर्वबाट प्रधानमन्त्री भएपछी जंग बहादुरले राज परिवारमा हैकम जमाउन थाले । जंगबहादुरसँग रुष्ट बनेका तत्कालिन युवराज त्रैलोक्य र भाइ नरेन्द्र बिक्रम शाहले राणाशासन् अन्त्य गर्न केहि भारदारसंग गरेको गोप्य साँठगाँठ जंगबहादुरका छोरीहरु मार्फत पत्ता लगाएका धीर सम्सेरले युवाराज्ञीको हातबाट बिष सेवन गराएर युवराज त्रैलोक्यको हत्या गराएका थिए । जंगबहादुर पश्चात कसैलाई श्री ३ को उपाध नदिने त्रैलोक्य र नरेन्द्रको योजना तुहिएको थियो ।

रणबहादुर शाह हत्याकाण्ड

दाजुभाई बीचको मनमुटाबका कारण बि.सं. १८६३ बैसाख १६ गते ३१ वर्षीय रणबहादुर शाहलाई तरबार प्रहार गरेर आफ्नै सौतेनी भाई शेरबहादुर शाहले हत्या गरेका थिए । पछि भिमशेन थापाले शेर बहादुर शाहको मतियार भएको आरोपमा ५० जनाको हत्या गरेर ३१ वर्ष लामो शासन चलाउन सफल भएका थिए ।
हुन त, नेपालमा मात्रै होइन्, विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ । पञ्चायत कालखण्डमा घटेका जनकपुर बम काण्ड, कच्छे पर्व, झोडा काण्ड, पिस्कर हत्याकाण्ड, टिम्बुरबोटे काण्ड, सुखानी हत्याकाण्ड, छिन्ताङ हत्याकाण्ड, सेक्टर काण्ड मात्रै होइन्, बहुदलीय संसदीय व्यवस्थामा घटेको दासढुंगा दुर्घटना पनि राजनीतिक स्वार्थकै कारण भएको पाइन्छ ।

 

१० बर्षे माओवादी शसस्त्र जनयुद्धमा पनि शक्ति आर्जन र राज्यलाई त्रासदी पैदा गराउने नाममा दोरम्बा घटना, दाङ आक्रमण, बेनी आक्रमण, बाँदरमुडे काण्ड भए । यो कालखण्डका अधिकांश घटना तात्कालिन सुरक्षा फैज लक्षित भएपनि दोरम्बा र बाँदरमुडेमा ठूलो संख्यामा सर्वसाधारणले ज्यान गुमाउनुपरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणापछि २०७२ सालमा भएको मधेश आन्दोलनले समेत थुप्रै जनधनको क्षति गराएको छ । यस्ता कतिपय काण्ड इतिहासमा दर्ता नपाएपनि राजनीतिक दाउपेच र शक्ति संघर्षले हरेक व्यवस्थामा निरन्तरता पाउँदै आएका छन भन्ने देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्