भारतसँग भएका सबै सन्धि–सम्झौता खारेज गरौं : नेकपा प्रवक्ता श्रेष्ठ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए ।

श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताए । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘भारतलाई वार्तामा आउन आह्वान गर्दछु ।’

दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ । बैठकमा उनले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपत्तीजनक भएको बताए  । उनले भने, ‘नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खेदजनक छ ।’

ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि भारतका सेना प्रमुख मनोजमुकुन्द नरभानेले नेपालले कसैको (चीन) इसारामा यस्तो काम गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...