भागबण्डा नमिलेपछि एकता नटुंगिंदै विभाजनतिर मधेसी दल



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता पार्टी(राजपा) संविधान संशोधनको विपक्षमा उभिने भएको छ । देशको सीमा मिचिंदा पनि नदुख्ने र विदेशीले सीमा मिचेको ठीक हो भनेर मतदान गर्ने पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी(राजपा) इतिहासमा कलंकित हुने भएको छ । महन्थ ठाकुर जस्ता प्रजातन्त्रका लागि लामो योगदान गरेका बयोबृद्ध नेता जीवनको अन्तिम घडीमा कलंकित हुने भएका छन् । राजपाले संविधान संशोधनको विपपक्षमा मतदान गर्ने पक्षमा पुगे पनि उक्त पार्टीसँग एकता गरेको समाजवादी पार्टीले भने संशोधनको पक्षमा मतदान गर्ने भएको छ ।

पदीय भागबण्डालाई थाँती राखेर रातारात एकता प्रक्रिया सुरु गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्र संविधान संशोधन प्रस्तावले पुनः विभाजनको रेखा कोरेको छ । समाजवादी पार्टीले सीमा जस्तो कुरामा संविधान संशोधन हुनलागेकाले त्यसमा समर्थन गर्ने मत राखेको छ । तर राजपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ । यसरी एकता प्रक्रिया सार्थक नहुँदै दुवै पार्टीमा मनोमालिन्य बढेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सा समेटेर निशान छाप फेर्नका लागि संविधान संशोधन हुँदैछ

संविधान संशोधनका पक्षमा संसदभित्र सर्वसम्मत बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ मा सर्वदलीय बैठक बोलाएका थिए । त्यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने भएकाले केही दिन संविधान संशोधन संशोधनको प्रस्ताव संसदको कार्यसूचीमा राख्न अनुरोध गरेका थिए ।

कांग्रेसले शनिबार संविधान संशोधनको पक्षमा मतदान गर्नका लागि संसदीय दललाई निर्देश गर्ने निर्णय गरिसकेको छ । तर प्रस्तावित जनता समाजवादी पार्टी(तत्कालीन राजपा र समाजवादी)ले संविधान संशोधनको पक्ष वा विपक्षमा मत हाल्ने निर्णय गरेका छैनन् । राजपाका नेताहरुले संविधान संशोधनको विपक्षमा मत हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...