भागबण्डा नमिलेपछि एकता नटुंगिंदै विभाजनतिर मधेसी दल



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता पार्टी(राजपा) संविधान संशोधनको विपक्षमा उभिने भएको छ । देशको सीमा मिचिंदा पनि नदुख्ने र विदेशीले सीमा मिचेको ठीक हो भनेर मतदान गर्ने पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी(राजपा) इतिहासमा कलंकित हुने भएको छ । महन्थ ठाकुर जस्ता प्रजातन्त्रका लागि लामो योगदान गरेका बयोबृद्ध नेता जीवनको अन्तिम घडीमा कलंकित हुने भएका छन् । राजपाले संविधान संशोधनको विपपक्षमा मतदान गर्ने पक्षमा पुगे पनि उक्त पार्टीसँग एकता गरेको समाजवादी पार्टीले भने संशोधनको पक्षमा मतदान गर्ने भएको छ ।

पदीय भागबण्डालाई थाँती राखेर रातारात एकता प्रक्रिया सुरु गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्र संविधान संशोधन प्रस्तावले पुनः विभाजनको रेखा कोरेको छ । समाजवादी पार्टीले सीमा जस्तो कुरामा संविधान संशोधन हुनलागेकाले त्यसमा समर्थन गर्ने मत राखेको छ । तर राजपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ । यसरी एकता प्रक्रिया सार्थक नहुँदै दुवै पार्टीमा मनोमालिन्य बढेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सा समेटेर निशान छाप फेर्नका लागि संविधान संशोधन हुँदैछ

संविधान संशोधनका पक्षमा संसदभित्र सर्वसम्मत बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ मा सर्वदलीय बैठक बोलाएका थिए । त्यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने भएकाले केही दिन संविधान संशोधन संशोधनको प्रस्ताव संसदको कार्यसूचीमा राख्न अनुरोध गरेका थिए ।

कांग्रेसले शनिबार संविधान संशोधनको पक्षमा मतदान गर्नका लागि संसदीय दललाई निर्देश गर्ने निर्णय गरिसकेको छ । तर प्रस्तावित जनता समाजवादी पार्टी(तत्कालीन राजपा र समाजवादी)ले संविधान संशोधनको पक्ष वा विपक्षमा मत हाल्ने निर्णय गरेका छैनन् । राजपाका नेताहरुले संविधान संशोधनको विपक्षमा मत हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...