नाभी, गुञ्जी र कुटीबासीले २०३५ सालसम्म बाली बुझाउँथे



हाम्रो इकोनोमि

 

हालै अद्यावधिक गरिएको नयाँ नक्साभित्र समेटिएका गुञ्जी, नाभी र कुटीबासीले २०३५ सालसम्म नेपाल सरकारलाई बाली बुझाउँदै आएको तथ्य र प्रमाणहरू भेटिएको छ । २०३५ सालमा रतन बुढा (तिंकर), पन्छयौरा बुढा (बुदी), मोहनसिंह बुढा (गब्र्याङ), हरिसिंह बुढा (गुञ्जी) र हरिकृष्ण बुढा (नाभी) ले बाली बुझाएको लगत रसिद सरकारसँग सुरक्षित छ ।

यतीमात्र होइन, गुञ्जी, नाभी र कुटीबासीका जग्गाको विवरण पनि नापी विभागले सुरक्षित राखेको छ । द्वारिकानाथ ढुंगेल दार्चुलामा प्रमुख जिल्ला अधिकारी भएको बेला कालापानीबाट दार्चुला फर्कने क्रममा २०३८ साल साउनमा उनी गुञ्जी पुगेका थिए । त्यो बेला उनले गुञ्जीबासीसँग कुराकानी पनि गरेका थिए । त्यस क्रममा ढुंगेलसँग गुञ्जीबासीले आफूहरूसँग नेपाली नागरिकता रहेको सुनाएका थिए । ‘२०३८ सालमा गुञ्जी पुगेको बेला गुञ्जीबासीहरूसँग कुराकानी गरेको थिएँ । कुराकानीको क्रममा केहीले आफूसँग नेपाली नागरिकता रहेको भनी सुनाएको अझै पनि मलाई स्मरण छ,’ ढुंगेलले भने, ‘त्यतिखेर भुमि सुधार कार्यालयको सात नम्बर फाराममा गुञ्जी, नाभी र कुटीबासीहरूको जग्गाको विवरण रहेको जानकारी पाएको छु ।’ उक्त विवरण हाल नापी विभागसँग सुरक्षित रहेको छ ।

भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटर अद्यावधिक गरिएको नयाँ नक्सा बनाउनुअघि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले यस अभियानमा एक दर्जनभन्दा बढी तथ्य र प्रमाण जुटाएकी छन् । यस क्रममा एक सय ३२ वटाभन्दा बढी नक्सा संकलन गरिएको मन्त्रालय स्रोतको भनाइ छ । भारतले नै तयार गरेको नक्सामा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा नेपालतिर रहेको प्रष्ट देखिन्छ । यस्ता नक्सा एक दर्जनभन्दा बढी भेटिएको मन्त्रालय स्रोतको भनाइ छ । नेपाल सरकारसँग चन्द्रशमसेर राणाले जारी गरेको निर्देशन पनि सुरक्षित रहेको छ । चन्द्रशसमेरको निर्देशनमा पनि कालापानी, लिपुलेक तथा लिम्पियाधुरा नेपालको रहेको प्रष्ट थाहा हुन्छ । उक्त क्षेत्रका दुई गाँउबीच विवाद हुँदा जारी गरिएको निर्देशनमा भनिएको छ ,‘मिलेर भोगचलन गर्नु, तिरोभरो नियमित गर्नु, तिमीहरू दुवै मेरा रैती हुन् ।’

सरकारले तयार गरेको पहिलो र महत्तपुण आधार भनेको सन् १८१६ मार्च ४ को सुगौली सन्धि हो । सो सन्धिमा नेपाल सरकारको प्रतिनिधिका रूपमा राजगुरु गजराजमिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । सो सन्धि इस्ट इन्डिया कम्पनीको तर्फबाट लेफ्टिनेन्ट कर्णेल पेरिस ब्राड्सालाई हस्तान्तरण गरिएको थियो । उक्त सन्धिमा पश्चिममा काली र पूर्वमा मेचीलाई सिमानाका रूपमा जनाइएको छ । उक्त सन्धि भएको नौ महिनापछि अर्को पुरक सन्धि भयो । पुरक सन्धिलाई मन्त्रालयले दोस्रो प्रमाण मानेको छ ।

सन् १८१६ को सन्धिमा पूर्वको कोसीदेखि पश्चिमका राप्तीसम्मको समथर भूभाग समेटिएका थिएनन् । सुगौली सन्धिको नौ महिनापछि १८१६ डिसेम्बर ८ मा पुरक सन्धि गरियो । पुरक सन्धिमा नेपालले कोसीदेखि राप्तीसम्मका समथर भूभाग फिर्ता लिन चाहेकाले कोसीदेखि राप्तीसम्म समथर भूभाग फिर्ता गरिएको जनाइएको छ । यस्तो ब्यहोराको पत्र अंग्रेज सरकारले नेपाल सरकारलाई १८१६ डिसेम्बर ८ मा पठाएको थियो । सो सन्धिको आधारमा नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको नक्सा तयार गरिएको थियो । सो नक्सालाई नेपालले सबैभन्दा ठूलो र बलियो प्रमाण मानेको छ ।

त्यसपछि अंग्रेज सरकारसँग अर्को सन्धि भयो । यो सन्धि सन् १८६० नोभेम्बर १ मा भएको थियो । उक्त सन्धिमा नेपालको तर्फबाट श्री ३ जंगबहादुर राणा र अंग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जर्नेल जर्ज ¥याम्सेबीच भएको थियो । उक्त सन्धिमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको छ । त्यस बेला पनि नेपालको नक्सा तयार गरिएको छ । उक्त नक्सामा नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको जनाइएको छ ।

सन् १८७५ जनवरी ७ मा अंग्रेज सरकारले दाङको सीमांकन गरी नेपालको नक्सा तयार ग¥यो । सो नक्सामा पनि नेपालको पश्चिमी सीमा लिम्पियाधुरा देखाइएको छ । यसलाई पनि नेपाल सरकारले अर्को प्रमाण मानेको छ । यसैगरी, कालपानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको भन्ने आधार २०१५ सालको मतदाता नामावली र २०१८ सालमा गरिएको जनगणनाको प्रमाणलाई पनि नेपालले प्रमाणको रूपमा सुरक्षित राखेको छ । नापी विभागका अनुसार बेलायतबाट ल्याइएको नक्सा पनि नेपालसँग सुरक्षित छ । जुन नक्सामा लिम्पियाधुरा नेपालको रहेको प्रस्ट जनाइएको छ । स्रोत भन्छ, यी प्रमाणहरूबाहेक नेपालसँग अरू थप र बलिया प्रमाणहरू पनि भेटिएका छन्, जसको अध्ययन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...