एकै दिन थप १७० जनामा कोरोना, संक्रमितको संख्या १२ सय १२ पुग्यो



हाम्रो इकोनोमि

 

शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा  छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८  जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...