प्रधानमन्त्री ओलीद्वारा कांग्रेसका दुई नेता सँग गोप्य वार्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका दुई जना युवा नेताहरूले झण्डै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्र भण्डारी र एनपी साउदले बिहीबार ओलीलाई बालुवाटरमा सुटुक्क भेटेका हुन् । उनीहरूका बीच के–के विषयमा कुराकानी भएको हो केही बताइएको छैन ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिको विषयलाई लिएर विवाद भइरहेका बेला कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले सुटुक्क ओलीलाई भेटेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधनका विषयमा चर्चा चलिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेको सम्बन्धमा कांग्रेसभित्र खैलाबैला भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ । बैठक बस्नुभन्दा अगाडि नै केन्द्रीय सदस्यद्वय डा.भण्डारी र साउदले ओलीलाई भट्नुको कारण खोजविन शुरु भएको छ ।

हुन त कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले ओलीसँग नेपालको समसामयिक राजनीति विषय, संविधान संशोधन, विदेशबाट आउने युवाहरूको ब्यवस्थापन, कोरोनाबाट जनतालाई बचाउने उपाए लगायत कुराकानी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...