प्रधानमन्त्री ओलीद्वारा कांग्रेसका दुई नेता सँग गोप्य वार्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका दुई जना युवा नेताहरूले झण्डै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्र भण्डारी र एनपी साउदले बिहीबार ओलीलाई बालुवाटरमा सुटुक्क भेटेका हुन् । उनीहरूका बीच के–के विषयमा कुराकानी भएको हो केही बताइएको छैन ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिको विषयलाई लिएर विवाद भइरहेका बेला कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले सुटुक्क ओलीलाई भेटेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधनका विषयमा चर्चा चलिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेको सम्बन्धमा कांग्रेसभित्र खैलाबैला भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ । बैठक बस्नुभन्दा अगाडि नै केन्द्रीय सदस्यद्वय डा.भण्डारी र साउदले ओलीलाई भट्नुको कारण खोजविन शुरु भएको छ ।

हुन त कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले ओलीसँग नेपालको समसामयिक राजनीति विषय, संविधान संशोधन, विदेशबाट आउने युवाहरूको ब्यवस्थापन, कोरोनाबाट जनतालाई बचाउने उपाए लगायत कुराकानी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...