भारतीय मिडियाप्रति नेपाली सेनाको कडा आपत्तिः दुई देशलाई युद्धतिर धकेल्ने प्रयास हुँदैछ



हाम्रो इकोनोमि

 

भारतीय मिडिया दुई देशबीचको सम्बन्ध बिगार्न र युद्धतिर धकेल्ने निरन्तर प्रयास गरिरहेको भन्दै नेपाली सेनाले कडा शब्दमा निन्दा गरेको छ । नेपालको संसदबाट नयाँ नक्सा पारित नभएपछि भारतीय सञ्चार माध्यमले निरन्तर अफवाह फैलाइरहेका छन् ।

पछिल्लो समय भारतीय सञ्चार माध्यमहरुले नेपाली सेना, भारतीय सेना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका बिषयमा भ्रमपूर्ण समाचारहरु फैलाउन थालेका छन् । हिन्दुस्तान टाइम्सले नेपाली र भारतीय सेनाबीचको सम्बन्ध बिथोल्ने गरी समाचार प्रकाशित गरेको भन्दै नेपाली सेनाले आपत्ति जनाएको छ ।

‘केही भारतीय सञ्चारमाध्यमले दुई देशका सेना र देशबीच द्धन्द चर्काउने प्रयास गरिरहेका छन्, त्यो भ्रमबाट सवै सचेत रहन आवश्यक छ’, सेनाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । हिन्दूस्तान टाइम्स र टिफिपोष्ट डटकमको समाचारलाई नेपाली सेनाले खण्डन गरेको छ ।

हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीलाई ठुलो क्षति, नेपालको नयाँ राजनीतिक नक्सामा बाधा शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बुधवार प्रकाशित समाचारमा नयाँ नक्सा सार्वजनिक गर्न नेपाली सेना र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिएको र उनलाई धक्का लागेको भ्रमपूर्ण समाचार प्रकासित गरेको थियो ।

अर्काे भारतीय अनलाइन समाचार तिफीपोष्ट डटकमले भारतीय सेना प्रमुखलाई जवाफ दिन प्रधानमन्त्री ओलीले नेपाली सेनालाई आग्रह गरेको तर नेपाली सेना ‘नो थ्याङ्कस’ भन्ने जवाफ दिएको समाचार प्रकाशित गरेको छ । भारतीय सेना प्रमुखले कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादमा चीनको आडमा नेपाल बोलिरहेको आरोप लगाएका थिए ।

त्यसको जवाफ दिन नेपाली सेनालाई प्रधानमन्त्री ओलीले आग्रह गरेको तर सेनाले नमानेको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...