भारतीय मिडियाप्रति नेपाली सेनाको कडा आपत्तिः दुई देशलाई युद्धतिर धकेल्ने प्रयास हुँदैछ



हाम्रो इकोनोमि

 

भारतीय मिडिया दुई देशबीचको सम्बन्ध बिगार्न र युद्धतिर धकेल्ने निरन्तर प्रयास गरिरहेको भन्दै नेपाली सेनाले कडा शब्दमा निन्दा गरेको छ । नेपालको संसदबाट नयाँ नक्सा पारित नभएपछि भारतीय सञ्चार माध्यमले निरन्तर अफवाह फैलाइरहेका छन् ।

पछिल्लो समय भारतीय सञ्चार माध्यमहरुले नेपाली सेना, भारतीय सेना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका बिषयमा भ्रमपूर्ण समाचारहरु फैलाउन थालेका छन् । हिन्दुस्तान टाइम्सले नेपाली र भारतीय सेनाबीचको सम्बन्ध बिथोल्ने गरी समाचार प्रकाशित गरेको भन्दै नेपाली सेनाले आपत्ति जनाएको छ ।

‘केही भारतीय सञ्चारमाध्यमले दुई देशका सेना र देशबीच द्धन्द चर्काउने प्रयास गरिरहेका छन्, त्यो भ्रमबाट सवै सचेत रहन आवश्यक छ’, सेनाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । हिन्दूस्तान टाइम्स र टिफिपोष्ट डटकमको समाचारलाई नेपाली सेनाले खण्डन गरेको छ ।

हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीलाई ठुलो क्षति, नेपालको नयाँ राजनीतिक नक्सामा बाधा शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बुधवार प्रकाशित समाचारमा नयाँ नक्सा सार्वजनिक गर्न नेपाली सेना र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिएको र उनलाई धक्का लागेको भ्रमपूर्ण समाचार प्रकासित गरेको थियो ।

अर्काे भारतीय अनलाइन समाचार तिफीपोष्ट डटकमले भारतीय सेना प्रमुखलाई जवाफ दिन प्रधानमन्त्री ओलीले नेपाली सेनालाई आग्रह गरेको तर नेपाली सेना ‘नो थ्याङ्कस’ भन्ने जवाफ दिएको समाचार प्रकाशित गरेको छ । भारतीय सेना प्रमुखले कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादमा चीनको आडमा नेपाल बोलिरहेको आरोप लगाएका थिए ।

त्यसको जवाफ दिन नेपाली सेनालाई प्रधानमन्त्री ओलीले आग्रह गरेको तर सेनाले नमानेको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...