स्वास्थ्यको क्षेत्रमा आएका नयाँ कार्यक्रम स्वागत योग्य : पूर्व अर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले स्वास्थ्यको क्षेत्रमा आएका नयाँ कार्यक्रम स्वागत योग्य भएको बताउनु भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सरुवा रोगको लागि अलगै अस्पताल निर्माण गर्ने, हरेक प्रदेशमा ५० वेडको अस्पताल निर्माण गर्ने जस्ता कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिनु भयो । बजेटले नयाँ कार्यक्रम ल्याएपनि त्यो व्यवहारमा कार्यान्वयन भने चुनौती रहेको छ । काठमाण्डौंमा सरुवा रोग नियन्त्रणम अस्पताल सञ्चालनमा आउन सक्छ तर हरेक प्रदेशमा एउटा आउदो एक वर्ष भित्र ५० शैयाको अस्पताल निर्माण, त्यसमा लाग्ने उपकरण र चिकित्सकको निरन्तरता भने चुनौती रहेको बताउनु भयो ।

त्यस्तै उहाले सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको धारणा राख्नु भयो । प्रस्तुत बजेटमा अर्थमन्त्री खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिने बताएका थिए । पूर्वअर्थमन्त्री पाण्डेले कोरोना महामारी अझै केही समय रहने भन्दै यो महत्वाकांक्षी हुने बताउनु भयो ।

राजश्व कम उठ्न सक्ने तथा वैदेशिक सहायता कम आउने भनेर अपेक्षा गर्नु भने ठीक भएको बताउनु भयो । तर वैदेशिक ऋण २ खर्ब ९९ अर्ब अपेक्षा गरेको भन्दै त्यो परिपुर्ति हुन गाह्रो रहेको बताउनु भयो । आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँ उठाएर चालु खर्चमा खर्च गर्न नपाउने भनिएको भन्दै यसलाई पनि आफूले सकारात्मक लिएको जानकारी दिनु भयो । चालु खर्चमा अनावश्यक कार्यालय हटाउने, विदेश भ्रमण, अनावश्यक तालिम जस्ता कार्यक्रमलाई कटौती गर्ने भनिएको छ यसलाई राम्रो मान्न सकन्छि ।

त्यस्तै गरी गाडी मर्मत, नयाँ गाडी खरिद कार्या रोक्ने भनिएको छ यसलाई पनि राम्रो मान्न सकिन्छ । तर पछि दवावमा कार्यालयले गाडीमा माग गर्ने र दवाव परेमा खर्च वृद्धि हुन सक्छ । त्यसै परी पुजीगत खर्च कटौती हुने चालु खर्च वृद्धि भएमा त्यो राम्रो मान्न सकिदैन ।

उहाले भन्नु भयो, ‘आन्तरिक ऋण उठाएर पुँजीगत खर्चमा मात्रै लगाउने भनेको छ त्यो धेरै राम्रो हो, यसपाली आन्तरिक ऋण उठाएर तलब भक्ता खुवाउनु परेको थियो यसपाली सरकार सचेत भयो राम्रै भयो ।’ समग्रमा बजेट राम्रै भए पनि कार्यान्वयमा भने धेरै चुनौती देखिने नेता पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...