मेलम्ची खानेपानी आयोजनालाई साढे ५ अर्ब बजेट



हाम्रो इकोनोमि

 

सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि पाँच अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए।

उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुवातमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि गरेका छन्।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक-पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना नौ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । आयोजनाले मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम भने वर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसबाहेकका काम वर्षायाम अगावै सक्नुपर्छ।

मेलम्चीको पानी सुरुङतर्फ फर्काउने मुख्य संरचनाको काम सकिए पनि अन्तिम रुप दिन बाँकी छ । सिनो हाइड्रोले गेट निर्माण, भेन्टिलेसन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडानलगायतका साना ठेक्काका कामहरू पनि गरिरहेको छ।

यहाँ गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण हुने आयोजनाका अधिकारी बताउँछन् । जेठ मसान्तसम्म गेट बनाइसक्ने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...