राष्ट्रपतिबाट २४१ जनाको कैद सजायँ र दण्ड जरिवाना मिनाहा



हाम्रो इकोनोमि

 

गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको छ ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...