नेपालमा कोरोना जित्नेको संख्या १५५ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यसलाई जित्नेको संख्या पनि उसरी नै बढिरहेको छ । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । अन्य देशको तुलनामा नेपालका संक्रमितहरुले कोरोनालाई सहज रुपमा पराजित गरिरहेको पाइएको छ ।

आज (मंगलबार) नेपालमा थप ४३ जना कोरोना संक्रमणमुक्त हुँदै अस्पतालबाट घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १५५ पुगेको छ ।

प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायण अस्पतालबाट निको भएर घर गएका हुन् । ७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन् । दुई महिलासहित ४१ जना पुरुष डिस्चार्ज भएका हुन् ।

प्रवक्ता देवकोटाको अनुसार प्रदेश विवरण अनुसार ६ वटा प्रदेशमा संक्रमितले कोरोना जितेका छन् । जसमध्ये प्रदेश १ मा २६, प्रदेश २ मा ७२ बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १५५ जनाले कोरोना जितेका हुन् । १२४ पुरुष र ३१ जना महिला रहेका छन् ।

यस्तै पछिल्लो समयमा ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन् । गत २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन् ।

सात वटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५६१ बागमती प्रदेशमा २४ हजार २१६, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश ५ मा १६ हजार ८८०,कर्णाली प्रदेशमा १०हजार ६१८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९२५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडीटीबाट परीक्षण भएका छन् ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५५ हजार २८२ पुगेको छ । आइसोलेसनमा ५८२ जना रहेका छन् । जसमध्ये प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बागमतीमा २६,गण्डकीमा ५, प्रदेश ५ मा २६३ कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना गरी जम्मा ५८२ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...