नेपालमा थप ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटमा २२ संक्रमित थपिएका छन् । सदरमुकाम गौरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गौर नागरपालिकाका ७ पुरुष र एक महिलामा संक्रमण देखिएकोहो । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका छन् ।

यस्तै यसैगरी देवाही गोनाही नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि १४ वर्षका छन् । यस्तै अरुणिया १ र ४ का ६ जना, जो २६ देखि ४८ वर्षका छन्, उनीहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी कोरोना अस्पताल, जनकपुरमा उपचाररत छन् । यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक दुई वर्षकी बालिकासमेत छिन् भने अरु १९ देखि ५५ वर्षका छन् । अनिरुद्र माविमा संकलन गरिएको उनीहरुको थ्रोट स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा परीक्षण गरिएको थियो ।

बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका-२ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको हो । रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशालाले यसको जानकारी दिइसकेको थियो । कपिलवस्तु मायादेवी—७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुष छन् ।

सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार दिनअघिमा भारतबाट आएका थिए । यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु मध्ये वीरेन्द्रनगरका ८ जना छन् । उनीहरु ९ देखि ४६ वर्ष उमेर समूहका छन् । यस्तै भेरी गंगाका १६ र १७ वर्ष पुरुष तथा सिम्टाका ३५ र ४९ वर्षका पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...