नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोनाभाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार पछिल्लो पटक अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...