सीमामा भारतले एकलौटी बाँध निर्माण गर्यो



हाम्रो इकोनोमि

 

नेपालको सुदुरपश्चिम प्रदेशको पश्चिमी सीमा तर्फको बिवाद उत्कर्षमा रहेका बेला रौतहटको सीमावती क्षेत्रमा भारतले एकलौटी रुपमा बाँध निर्माण गरिरहेको छ ।  रौतहटको ईशनाथ नगरपालिका वडा नं. १ बन्जरहामा रातारात पानीको बहाव समेत अवरुद्ध हुने गरी भारतले दशगजा क्षेत्रमा सडकको नाममा बलियो बाँध निर्माण गरिरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भारतद्धारा सीमा अतिक्रमण गरी एकलौटी रुपमा दशगजा क्षेत्रमै पानीको बहाव रोक्ने गरी बलियो बाँध निर्माण गर्न थालेपछि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
‘भारतीय पक्षले एकलौटी नेपाल–भारत सीमा क्षेत्रमा रहेको रौतहटको ईशनाथ नगरपालिका वडा नंबर १ बन्जरहामा रातारात पानीको बहाब समेत अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा मजबूत बाँध बनाई रहेको घटनाप्रति सिंगो मुलुकको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।  कोरोना भाइरसको महामारीले बिश्वका साथै नेपाल समेत महासंकट र लकडाउनको संबेदनशिल जटिलताबाट गुज्रीरहेको समयमा भारतद्धारा एकलौटी रुपमा दशगजा क्षेत्रमै पानीको बहान रोक्ने गरी बाँध निर्माण गर्न थालेपछि उनले बिरोध गरेका छन् ।

‘भारतीय पक्षद्वारा अवैधानिक एवं अमानवीय ढंगले एकलौटी रुपमा भईरहेको निर्माण कार्यलाई तुरुन्त रोक्न तथा यी र यस्ता गम्भीर चुनौतीपूर्ण विषयहरुलाई तत्काल उच्च स्तरको कुटनीतिक पहल मार्फÞत समाधान गर्न सम्बन्धित सबै पक्षहरुसंग जोडदार माग गर्दछु’ साहले भनेका छन् । अहिले सुदुरपश्चिम प्रदेशको पश्चिमी क्षेत्रको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको बिषयमा नेपाल र भारतको बीचमा बिवाद चलिरहेको छ । यि क्षेत्र आफ्नो भन्दै विवाद भईरहेकै बेला भारतले रौतहट स्थित दशगजा क्षेत्रमै बलियो बाँध निर्माण कार्य शुरु गरेको छ ।

पानी पर्ने बेलामा पानीको बहाव नै रोक्ने गरी भारतले दशगजा क्षेत्रमा बाँध निर्माण गरिरहेको छ । जसका कारण नेपाल तर्फको गाउँघर पुरै डुबानमा पर्ने निश्चित रहेको छ । यसलाई समयमै नरोकेमा नेपाली जनता बर्खाको बेलामा थप कष्टकर जिवन जिउन बाध्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...