सीमामा भारतले एकलौटी बाँध निर्माण गर्यो



 

नेपालको सुदुरपश्चिम प्रदेशको पश्चिमी सीमा तर्फको बिवाद उत्कर्षमा रहेका बेला रौतहटको सीमावती क्षेत्रमा भारतले एकलौटी रुपमा बाँध निर्माण गरिरहेको छ ।  रौतहटको ईशनाथ नगरपालिका वडा नं. १ बन्जरहामा रातारात पानीको बहाव समेत अवरुद्ध हुने गरी भारतले दशगजा क्षेत्रमा सडकको नाममा बलियो बाँध निर्माण गरिरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भारतद्धारा सीमा अतिक्रमण गरी एकलौटी रुपमा दशगजा क्षेत्रमै पानीको बहाव रोक्ने गरी बलियो बाँध निर्माण गर्न थालेपछि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
‘भारतीय पक्षले एकलौटी नेपाल–भारत सीमा क्षेत्रमा रहेको रौतहटको ईशनाथ नगरपालिका वडा नंबर १ बन्जरहामा रातारात पानीको बहाब समेत अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा मजबूत बाँध बनाई रहेको घटनाप्रति सिंगो मुलुकको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।  कोरोना भाइरसको महामारीले बिश्वका साथै नेपाल समेत महासंकट र लकडाउनको संबेदनशिल जटिलताबाट गुज्रीरहेको समयमा भारतद्धारा एकलौटी रुपमा दशगजा क्षेत्रमै पानीको बहान रोक्ने गरी बाँध निर्माण गर्न थालेपछि उनले बिरोध गरेका छन् ।

‘भारतीय पक्षद्वारा अवैधानिक एवं अमानवीय ढंगले एकलौटी रुपमा भईरहेको निर्माण कार्यलाई तुरुन्त रोक्न तथा यी र यस्ता गम्भीर चुनौतीपूर्ण विषयहरुलाई तत्काल उच्च स्तरको कुटनीतिक पहल मार्फÞत समाधान गर्न सम्बन्धित सबै पक्षहरुसंग जोडदार माग गर्दछु’ साहले भनेका छन् । अहिले सुदुरपश्चिम प्रदेशको पश्चिमी क्षेत्रको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको बिषयमा नेपाल र भारतको बीचमा बिवाद चलिरहेको छ । यि क्षेत्र आफ्नो भन्दै विवाद भईरहेकै बेला भारतले रौतहट स्थित दशगजा क्षेत्रमै बलियो बाँध निर्माण कार्य शुरु गरेको छ ।

पानी पर्ने बेलामा पानीको बहाव नै रोक्ने गरी भारतले दशगजा क्षेत्रमा बाँध निर्माण गरिरहेको छ । जसका कारण नेपाल तर्फको गाउँघर पुरै डुबानमा पर्ने निश्चित रहेको छ । यसलाई समयमै नरोकेमा नेपाली जनता बर्खाको बेलामा थप कष्टकर जिवन जिउन बाध्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ