क्वारेन्टाइन बन्द हुँने अवस्थामा



हाम्रो इकोनोमि

 

रौतहट जिल्लाको मौलापुर नगरपालिकालाई बदनाम गराउने उद्देश्यले हुँदै नभएका विषयवस्तु देखाएर सामाजिक संजाल फेसबूक तथा युट्युबमार्फत गैरकानुनी गतिविधिलाई रोक्नुको सट्टा स्थानीय प्रशासनले उल्टै बढावा दिएको भन्दै नगरमा संचालित क्वारेन्टाइन बन्द गर्न सकिने बताइएको छ ।

कोरोना महामारीसंग जुध्न देश लकडाउनको स्थितिमा रहेको बेला मौलापुर नगरपालिकाले बाहिरबाट आएक तथा संभावित संक्रमित राख्नका लागि विद्यालयमा क्वारेन्टाइन बनाएको छ ।

नगरपालिकाले विश्व स्वास्थ संगठनको मापदण्ड अनुरुप संचालित क्वारेन्टाइनको विषयमा केहि स्थानीय पत्रकारलगायतको राजनीतिक समुहले मनगढन्त विषय निकालेर अवरुद्ध गरेकोले नगरपालिकाले प्रहरीलाई गुहारेको हो ।

क्वारेन्टाइनमा अनधिकृत प्रवेश गरि छेउको एउटा कुना देखाएर क्वारेन्टाइन अव्यवस्थित रहेको दुस्प्रचार गरेकाले प्रहरीसंग कारवाही अगाडि बढाउन माग गरिदा पनि इलाका प्रहरी कार्यालय मौलापुरले कुनै प्रक्रिया अगाडि बढाएको छैन् ।

प्रहरीकै मिलेमतोमा निरन्तर अवरुद्ध भएपछि दिक्क भएर नगरपालिकाले क्वारेन्टाइन नै बन्द गर्ने निष्कर्षमा पुगेको नगर स्रोतले जनाएको छ ।

‘कोरोना संक्रमणको विरुद्ध स्थानिय तह नै अग्रस्थानमा छ । आवश्यक पूर्वाधारको अभावमा विद्यालयहरुलाई नै क्वारेन्टाइन बनाउनु परेको र विभिन्न अभावको बीच काम गरिरहेको अवस्थामा पनि त्यति गर्नेहरुलाई उत्साहित गर्नुको सट्टा निरुत्साहित गर्नु अपराधिक कार्य हो । आफुलाई कथित पत्रकार भन्ने जस्ताले यी र यस्ता कार्य गर्नु निन्दनीय छ । यदि यस्तो अपराधिहरुलाई तुरुन्त कारवाही भएन भने क्वारेन्टाइन बन्द नहोला भन्न सकिदैन’ स्रोतको भनाइ छ ।

घुसखोरी, फिरौती असुलीमा प्रहरी र ती पत्रकारहरुको साँठगाँठ रहेकोले प्रहरीले प्रक्रिया नबढाएको स्थानीय अगुवाहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...