निजगढमा तीन सय भन्दा बढी होम क्वारेन्टाइनमा



हाम्रो इकोनोमि

 

बाराको निजगढमा तीन सय भन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि उनीहरुलाई चिकित्सकको निगरानीमा होम क्वारेन्टाइन भित्र राखिएको हो ।
निजगढ नगरपालिकामा स्थायी ठेगाना भएका उनीहरु काठमाडौं, पोखरा, चितवन लगायतका बिभिन्न ठाउँबाट आएका हुन् । सरकारले लकडाउन जारी गरेपछि उनीहरु आफ्नो स्थायी ठेगानामा फर्किपछि चिकित्सकको निगरानीमा होम क्वारेन्टाइनभित्र राखिएको छ ।
निजगढ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. दिपेन्द्र यादवले एक सय २० भन्दा बढीको आरडिटी र पिसिआर प्रविधिबाट स्वास्थ्य चेकजाँच गरिएको बताए । ७० जनाको आरडिटी र ५० भन्दा बढीको पिसिआर प्रविधिबाट चेकजाँच गरिएको डा. यादवले बताए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको निजगढ अस्पतालले जनाएको छ ।
‘हामी २४ सै घण्टा सेवामा हाजिर छौं, निजगढ नगरपालिका क्षेत्र भित्रमा तीन तीन जना सहितको तीन वटा रयापिट टेस्ट टोलि पनि बनाएर परिचालन गरेका छौं’ डा. यादवले भने, ‘घर घरमा पुगेर सेवा दिनुका साथै जस्तो सुकै अवस्थामा समेत हामी अन्य स्वास्थ्यकर्मी सहित स्वास्थ्य सेवा दिईरहेका छौं ।’
निजगढ नगरपालिका भित्र ५ भन्दा बढी क्वारेन्टाइनको व्यवस्था गरेको बताउँदै उनले हेल्थ डेक्स समेत स्थापना गरिएको बताए । निजगढ अस्पताल, निजगढ नगरपालिका, सुरक्षाकर्मी, समाजसेवी लगायतको सहकार्यमा बकैया पुल र भावरा पुलमा हेल्थ डेक्स स्थापना गरि सेवा दिईरहेको डा. यादवले बताए ।
उधोग बाणिज्य संघ निजगढको भवन, गौरिशंक क्याम्पस, निजगढ–१० लाल, रतनपुर, सिंगौल लगायतका ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको निजगढ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
निजगढ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब लिलाबहादुर लामाले कोरोना भाइरसका बिरामी राख्न सक्ने गरी आइसोलेशन वार्डको समेत व्यवस्थापन गरिएको बताए । निजगढ अस्पतालमा ५ बेड सहितको आइसोलेशन वार्डको व्यवस्था गरिएको लामाले बताए ।
‘निजगढ क्षेत्रमा कोरोना भाइरसका संक्रमित अहिले सम्ममा फेला परेका छैनन तर हामी अग्रिम व्यवस्थापन सहित सेवामा जुटेका छौं’ लामाले भने, ‘कोरोना भाइरसका संक्रमित बिरामी राख्न सक्ने ५ बेड सहितको आइसोलेशन वार्ड हामीले तयारी अवस्थामा राखेका छौं ।’
निजगढ प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन राजेन्द्र लामाले अहिलेको कोरोना महामारीको अवस्थामा निजगढ अस्पतालले दिनुपर्ने सेवाका साथै अतिआवश्यक सेवाहरु दिईरहेको बताए ।
दैनिक ओपिडि सेवा, सर्प, कुकुरले टोकेको भ्याक्सिन, प्रसुति सेवा, इसिजि सेवा, ल्याब, खोप लगायतका सेवाहरु निजगढ अस्पतालले दिईरहेको लामाले बताए । निजगढ अस्पतालले बिगतमा दिदै आएको सेवाका साथै अहिलेको महामारीको अवस्थामा समेत स्वास्थ्य सेवा दिन तयारी अवस्थामा अगाडी बढेको उनले बताए ।
युनिसेफको सहयोगमा अस्पताल भित्र हातधुने दुई स्टेशन स्थापना गरिएको छ । निजगढ अस्पतालमा आउँने बिरामीलाई सरसफाईका बिषयमा जानकारी दिदै उनीहरुलाई स्वस्थ रहन चेतना दिने काम समेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...