रौतहटमा मन्त्री त्रिपाठीको पुतला दहन



हाम्रो इकोनोमि

 

रौतहटको विभिन्न स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुतला दहन गरिएको छ । मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको भन्दै उक्त क्षेत्रका स्थानीयले नाराबाजीसहित पुतला दहन गरेका हुन् । सारा विश्वसंगै नेपाल पनि अहिले कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रीरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ को सांसद अफताब आलमको अनुपस्थितिमै नियम कानुन विपरीत संसदीय पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन भएको भन्दै विरोध गर्दै पुतला दहन गरिएको हो ।

आर्थिक चलखेल गरेर मन्त्री त्रिपाठी, जेलभित्रबाट सांसद आलम र नेकपाका समानुपातिक सांसद कल्याणी खड्काले मिलेर बजेट दुरुपयोग गरेका कारण पुतला दहन गरेको स्थानीय इस्तफाल आलमले बताए । आक्रोशित युवाहरुले मन्त्रीकै संलग्नतामा खर्च भईरहेको अनधिकृत बजेट खर्च नरोकिएको लकडाउनको वास्ता नगरी आन्दोलन गर्ने चेतावनी दिए ।

 

के रौतहट क्षेत्र नम्बर २ को घटना ?

देशमा लकडाउन रहेको बेला मध्य तराईको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा अहिले संसदीय कोषको विकास कार्यक्रम पूर्णत कानुन विपरीत र गोप्य रुपमा अगाडि बढाइयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाम दिइएको संसदीय कोषको संचालन कार्यविधि विपरीत उक्त क्षेत्रमा आर्थिक हिनामिना गर्ने मनस्थितिबाट बैठक बस्ने र बजेट खर्च गर्न कार्यक्रम संचालन गरेपछी विरोधको आवाज उठ्न थालेको हो ।

कार्यविधि अनुसार उक्त कार्यक्रम संचालनको लागि जारी आर्थिक वर्षको फागुन १५ गतेभित्र सबै बैठक बसेर कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ तर अहिले बैशाख अन्तिम साता बल्ल बैठक बसेको थियो, जुन आफैमा गैरकानुनी हो ।

यसका साथै सम्बन्धित क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बैठक बस्ने र कार्यक्रम तय गर्ने व्यवस्था छ । तर रौतहट क्षेत्र नम्बर २ का सांसद अफताब आलम कर्तव्य ज्यान मुद्दामा निलम्बित भई अहिले जेलमा छन् ।

कार्यविधि अनुसार प्रत्यक्ष निर्वाचित सांसद नभएको खण्डमा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद, त्यो पनि नभए राष्ट्रिय सभा सदस्यको संयोजकत्वमा बैठक बसी निर्णय गर्ने व्यवस्था छ । तर उक्त क्षेत्रमा न त समानुपातिक सांसद छ न त राष्ट्रिय सभा सदस्य नै । यहाँ खेल भईरहेको छ जसरी पनि संसदीय बजेट खर्च गर्ने ।

नेपाली कांग्रेसका नेता तथा उक्त क्षेत्रका सांसद अफताब आलम जेल भित्रैबाट संसदीय बजेट खर्च गर्न सक्रिय छन् भने रौतहटकै नेकपाका एउटा गुट उनीसँग तालमेल गरी बजेट खर्च गर्न बैठक बसी कार्य अगाडि बढाइएको छ ।

अनधिकृत रुपले खर्च गर्न खोजिएको उक्त बजेटमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको नजर छ । उनकै मन्त्रालय मातहत रहेको कार्यक्रम गैरकानुनी रुपमा गलत नियतले अगाडि बढाइदा पनि मन्त्रालयको हस्तक्षेप नहुनुले यसको पुष्टि गर्छ ।

कार्यक्रम संचालनका लागि सक्रिय छिन नेकपा सांसद कल्याणी कुमारी खड्का । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद खड्कालाई जेलभित्रबाट अफताब आलमको समर्थन छ भने बाहिर मन्त्री हृदयेश त्रिपाठीले सघाएका छन् ।

गुपचुप रुपमा कार्यविधि विपरीत बैठक बसी कार्यक्रम अगाडि बढाउन थालिएपछी यसको विरोधमा चौतर्फी आवाज उठेको हो । नेकपा सांसद रेखा कुमारी झाले त उक्त कार्य रोक्न लिखित रुपमै उजुरी दिएकी छिन् । रौतहट क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले फेसबूममा स्टाटस राखी यस कार्यको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...