नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको नयाँ नक्सा हस्तान्तरण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज अध्यक्ष दाहाल प्रचण्डलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा हस्तान्तरण गरेकी हुन् । मन्त्री अर्यालले दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन् ।

सो अवसरमा अध्यक्ष दाहालले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको बताइन् ।

सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशकलगायतको उपस्थिति रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...