युबा उद्यमशीलता आजको आब्श्यकता



 

यतिबेला कोरोना भाइरस कोबिड १९ ले गर्दा बिश्व निकै आक्रान्त भैरहेको अवस्था छ । त्यस मध्य नेपाल पनि अछुतो रहेन । यतिबेला लाखौको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौ ब्यक्तिको रोजिरोटी गुमेको अवस्था छ । यसबाट नेपाल पनि अछुतो रहेन । लाखौ युबा यतिबेला वैदेशिक रोजगारीमा रहेका छन ती सबै युवाहरु नेपाल फर्कने अवस्थामा रहेका छन । सरकारले यस विषयमा ध्यान दिन जरुरी छ । नि सबै युबाहरुको ज्ञान सीप दक्षता अनुसार रोजगारी दिन सक्नुनै आजको आबश्यकता हो । आजको नेपाल्को आर्थिक बिकाशको एउटा खम्बा भनेको उद्यमशीलता को नै हो । आजको २१ औ शताब्दीमा पनि अब हरेक युवा उद्यमि बन्न्नु पर्दछ र सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ । अर्काको जागीर खाने भन्दा पनि आफुले केही गर्ने मानसिकतामा अब नेपाली युबामा हुनुपर्दछ ।

आफ्नो ज्ञान सीप दक्षता जोस जागर यहि धर्तिमा खन्याउनु पर्दछ। उद्यमि बन्न चाहने युबाले हरेक कुरा ध्यान दिएर अगाडी बढ्नुपर्ने देखिन्छ र प्रदेश सरकार र स्थानिय सरकारले पनि यश बिसयमा ध्यान केन्द्रित गर्न जरुरी छ । आज बिश्व अर्थतन्त्र धोस्त भएको बेला र नेपालको पनि आर्थिक अवस्था धरासायी बनेको अवस्थामा अब यहि बिन्दुबाट सुरु गरियो भने केही न केही परिणाम देखिन्छ । यश कार्यक्रमको लागि विभिन्न निकायको पनि कामकारबाही देखिन्छ चाहे रास्टृय युबा परिषद होस या युबा मन्त्रीलाई होस या अरु । अब यश बिसयमा सबैले ध्यान दिनुपर्दछ र मैले यति बर्ष युद्द गरे मैले यो पद पाउनुपर्छ मैले यति बर्ष यो गरे तेसैले मैले यो पद लिनुपर्छ भन्ने मानसिकताबाट अगाडी बडियो भने देश पुन पुरानै शैलीमा फर्कन्छ र अगाडी बढ्न सक्दैन । अब युबाको सीप ज्ञान दक्षताको आधारमा अगाडि बढाइनुपर्दछ ।।।

१) पुजिको ब्यबस्थापन = हरेक युबालाइ ब्यबसाय सुरुगर्दा seed money अर्थात बीउ पुजिको ब्यबस्था गरिनुपर्दछ । त्यो पनि नसके सरल ऋणको ब्यबस्था गर्नुपर्दछ । हाम्रो घर गाउमा चलेको चलन थियो बाख्री दिने त्यसबाट जन्मेको एउटा पाठा वा पाठी चाहिँ फिर्ता दिनुपर्ने त्यस् अनुसार कार्यक्रम ल्याइनुपर्दछ । अनुदानको हकमा कि सिदै प्रत्यक्ष सम्बन्धित निकायकोमा पुग्नु पर्दछ जस्तै सामाजिक सुरक्षा भत्ता जस्तै हैन भने अनुदान पुरै बन्द गरिनुपर्दछ । भन्नुको तात्पर्य ब्यबसाय गरिसकेपछि उसको नाफाबाट कमायको पहिलाको पुजि फिर्ता गरिनुपर्दछ । आजको नेपालको उद्यमशीलताको समस्या भनेको पुजिको हैन सोचको कमि हो । अब हरेक स्थानिय तहले fund तयार गरि हरेक वडामा १० -२० जनालाइ पुग्ने गरि उद्यम गर्ने ब्यक्तिलाई पुजिको ब्यबस्थापन गर्नुपर्दछ । सोचको कमि नगरौ स्रोत आफै छ ।

२) Idea बैंक स्थापना = अब सरकारले युबा उद्यमशीलताको लागि idea बैंक को स्थापना गर्नुपर्दछ र त्यसलाइ ब्यबहारिक रुपमा लागु गर्नुपर्दछ । देशको हरेक कुना र काप्चामा रहेका नया सोच innovation लाई ल्याइ बैंक स्थापना गरि त्यसलाइ आबश्यकता पुजि र जनशक्ति स्थापना गरिनुपर्दछ ।

३) ब्यबसाय र जग्गाको वर्गीकरण = उद्यमशीलताको लागी ब्यबसायको र ठाउको वर्गीकरण हुन जरुरी छ । जस्तै उद्योगमा सम्भावना भएका ठाउमा उद्योग संचालन र स्थापना गरिनुपर्दछ । जस्तै हेटौंडालाई औद्योगिक छेत्र बनाइएको छ । बागमती प्रदेश फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनको लागि चुनढुङा पनि यहि छ । जडिबुटी जल्लस्रोत गिट्टी बालुवा पनि यहि छ । काभ्रे धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिन्छ् । सिन्धुपाल्चोक चितवन काभ्रे पोखरा पर्यटकिय हिसाबले उच्च छ् । यसलाइ कानुननै बनाएर दुरगामी प्रभाव पार्ने काम गरिनुपर्दछ ।

४) जनशक्ति निर्माण = उद्यमशिलता लाई अगाडि बढाउनुको निम्ति दक्ष जनशक्ति आबश्यक पर्दछ । हामी सग विभिन्न कलेज बिश्वबिद्धालयमा लाखौ विद्यार्थी उत्पादन गर्छौ र बिदेश पलायन गर्छौ । अब हरेक लाई यहि लगाइनुपर्दछ । उद्यमि र सीप बिकाशका ढाचा हेर्दा हाम्रा अभ्यासहरु हेर्दा पुरानै छन । हामी सग विभिन्न खानी जडिबुटी पर्याप्त छ त्यस्लाइ refine गरेर निर्यात गर्ने जनशक्ति हामी सग छैन । अब प्राबिधिक उत्पादन गरेर आफनै देशमा लगाइ आर्थिक उपजको निम्ति खटाइनुपर्दछ । अब बिदेशबाट फर्किएका युबाको सीप ज्ञान दक्ष्ताको वर्गीकरण गरि उनिहरुलाइ यहि ब्यबसायमा लगाइनुपर्दछ । हामिसग हरेक वैदेशिक युबाको सीप तालिमको आधिकारिक सुचना र प्रणाली अझ बिकाश गरेनौ । अब यश बिसयमा ध्यान दिन जरुरी छ ।

५) प्रशासनिक सुधार = जब उद्यमशीलताको लागि युबा प्रशासनभित्र प्रवेश गर्छ त्यस निवेदन प्रक्रिया देखीनै उ ढिला सुस्तीको सिकार बन्छ । उ त्यस बेला देखिनै कमिसनको सिकार बन्छ । उसले आफू सग भएको घर खेत झिटी झाम्टा सबै बेच्नुपर्ने हुन्छ । जबसम्म्न यश प्रक्रिया सुध्रिदैन तबसम्मन युबा उद्यमशीलता बिकाश सम्भब छैन । उसले पाउनु पर्ने सेब सुबिधा आबश्यक कागजात प्रक्रियामा ढिलासुस्ती हुने काम नगरिदिने र मानसिक पीडा उसमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्