कालापानीबाट भारतीय सेना लखेट्दैनौं, टीका माला लगाएर बिदा गर्न चाहन्छौंः ठाकुर गैरे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा राखेका सेनालाई नेपालले लखेट्ने होइन, टीका र माला लगाएर बिदा गर्न खोजेको बताएका छन् ।

२०५५ जेठ २२ देखि असार ५ गतेसम्म अनेरास्ववियुले गरेको कालापानी मार्च गर्ने नेतृत्वकर्तामध्येका एक हुन् गैरे । पशुपति नगरदेखि लिम्पियाधुरासम्म भारतले अतिक्रमण गरेका स्थानहरु अंकित नक्सा सहितको पोस्टर बनाउने काम पनि तत्कालीन अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र ठाकुर गैरेहरुकै अगुवाइमा भएको थियो ।

गैरेले सन्धि सम्झौता वा प्रमाणका आधारमा एक अर्काबीच सम्मान र समानताका आधारमा वार्ता गर्न चाहन्छौं भन्दै शनिबार सामाजिक संजालमा लेखेका छन्–‘भारतीय मिडियामा छट्पटी, बर्बराहट, कुतर्क एवं तथ्यबिहीन केवल दम्भ र घमण्डयुक्त बहस सुरु भएको छ । हामी त सन्धि सम्झौता तथ्य प्रमाणका आधारमा एक अर्काबीच सम्मान र समानता को आधारमा बहस र बार्ता गर्न चाहन्छौ । साथै भारतीय सेनालाई नेपाली भूभागबाट लखेटेर होइन एक समारोहको आयोजना गरी टीकामाला लगाएर बिदाइ पो गर्न चाहन्छौ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...