कालापानीबाट भारतीय सेना लखेट्दैनौं, टीका माला लगाएर बिदा गर्न चाहन्छौंः ठाकुर गैरे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा राखेका सेनालाई नेपालले लखेट्ने होइन, टीका र माला लगाएर बिदा गर्न खोजेको बताएका छन् ।

२०५५ जेठ २२ देखि असार ५ गतेसम्म अनेरास्ववियुले गरेको कालापानी मार्च गर्ने नेतृत्वकर्तामध्येका एक हुन् गैरे । पशुपति नगरदेखि लिम्पियाधुरासम्म भारतले अतिक्रमण गरेका स्थानहरु अंकित नक्सा सहितको पोस्टर बनाउने काम पनि तत्कालीन अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र ठाकुर गैरेहरुकै अगुवाइमा भएको थियो ।

गैरेले सन्धि सम्झौता वा प्रमाणका आधारमा एक अर्काबीच सम्मान र समानताका आधारमा वार्ता गर्न चाहन्छौं भन्दै शनिबार सामाजिक संजालमा लेखेका छन्–‘भारतीय मिडियामा छट्पटी, बर्बराहट, कुतर्क एवं तथ्यबिहीन केवल दम्भ र घमण्डयुक्त बहस सुरु भएको छ । हामी त सन्धि सम्झौता तथ्य प्रमाणका आधारमा एक अर्काबीच सम्मान र समानता को आधारमा बहस र बार्ता गर्न चाहन्छौ । साथै भारतीय सेनालाई नेपाली भूभागबाट लखेटेर होइन एक समारोहको आयोजना गरी टीकामाला लगाएर बिदाइ पो गर्न चाहन्छौ ।’

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...