नेपालमा थप ३० जनामा कोरोना, संक्रमित संख्या ४८७ पुग्यो



हाम्रो इकोनोमि

 

शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

 

मध्यरातमा आफताब आलमको घरमा छापा, स्थानीयको अवरोधपछि हवाई फायर

राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ ।

सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताव अफताब आलमका भाइ हुन् ।

‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरक्षक रविराज खडकाले भने ‘निजलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको थियो ।’ खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरे पछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए । ‘हामीले खोजेको व्यक्ति महताब आलम फेला परेनन्’ उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

मध्यरातमा प्रहरीले गरेको खानतलासीको स्थानीयले विरोध गरेका छन् ।

के हो राजपुर बमकाण्ड

२०६४ चैत्र २७ गते राजपुर फरहदवामा रहेको नेपाली कागें्रसका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको इँटा भट्टामा लगेर पोलेको आरोप आलममाथि लागेको छ ।

विष्फोटमा परी कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन । तर सरुअठाका २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी दिएको १२ वर्षपछि प्रहरीले रौतहट क्षेत्र नं. २ का सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलमलाई २०७६ असोज २६ गते इद्रिस गेट अगाडिबाट प्रक्राउ गरेको थियो ।

आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जीवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा समेतको अभियोगमा जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा पुर्पक्षको लागि कारागार चलान गरेपछि उनी हाल उनी काठमाडौंको नख्खु कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...