नेपालमा ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए



हाम्रो इकोनोमि

 

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्‍दा हुन् ।

उनीहरु वैशाख ५  र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...