नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

१० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका(५ को बेलवानी क्वारेन्टाइनमा छन् ।

यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...