नेपालमा थप २७ जनामा कोरोना, संक्रमितको संख्या ४०२ जना पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। योसँगै संक्रमितको संख्या ४०२ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।प्रवक्ता देवकोटाका अनुसार थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

संक्रमित मध्ये ३४० जना पुरुष र ६२ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ ।

हालसम्म संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने, ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...