भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीको यस्तो प्रश्न



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुराको प्रसंगमा भारतको राष्ट्रिय नारामाथि प्रश्न चिह्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले भारतको निशाना छापमा उल्लेख भएको ‘सत्यमेव जयते’लाई स्मरण गर्दै सोही नारा अनुसार नेपालले लिम्पियाधुरा पाउनुपर्ने माग गरेका हुन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने ‘भारतको निशाना छाप अशोकले बनाएको चारमुखे सिंहको मुनि लेखिएको हुन्छ सत्यमेव जयते । तर, उसको व्यवहार सो अनुसार देखिएन ।’

यद्यपि भारतको नीति भने सत्यमेव नभएर सिंहमेव जायतेजस्तो भएको बताएका छन् । उनले भने ‘म भारतलाई सोध्नेवाला छु, उहाँहरूको नारा सत्यमेव जायते हो कि सिंहमेव जायते हो ?’

सत्यमेव जयतेको नेपालीमा अर्थ हुन्छ सत्य को नै विजय हुनेछ, असत्यको होइन, भन्ने हुन्छ । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३.१.६ को मन्त्र हो । जसमा भनिएको छ :

सत्यमेव जयते नानृतम सत्येन पंथा विततो देवयानः।
येनाक्रमंत्यृषयो ह्याप्तकामो यत्र तत् सत्यस्य परमम् निधानम् ॥

जसको अर्थ हुन्छ : ‘सत्य’ को नै विजय हुनेछ, असत्यको होइन । ‘सत्य’द्वारा नै देवताहरूको यात्रा (पथ) विस्तीर्ण भएको छ । आप्तकाम ऋषिगण त्यहीठाउँमा विद्यमान रहन्छन् जहाँ सत्य रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...