एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । तर लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए ।

जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशासन लाइन आगाडि बढाइने छ’ भनिएको छ । एमसीसी परियोजनामा उल्लेख भएको आयोजनालाई नीति तथा कार्यक्रममा ल्याएर झस्केलोबाट एसीसी पास गर्न खोजेको त होइन भन्ने प्रश्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरुले गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘जस्केलाबाट होइन, मुलबाटो बनाइन्छ । एमसीसीले बनाए एमसीसीले बनाउँछु, एमसीसीले नबनाए अरुले बनाउँछु । नभए सरकार आफैंले पनि बनाउँछ ।’

एमसीसीको सन्दर्भमा संसदले छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने उनले बताए । यो सम्झौता अघिल्लो सरकारले गरेको तर अविछिन्न उत्तराधिकारीका रुपमा वर्तमान सरकारले अगाडि बढाउन चाहेको उनले बताए । एउटा सरकारले गरेको सम्झौता अर्कोले मान्दिन भन्ने हो भने विश्वसनीयतामा प्रश्न उठ्ने उनले बताए ।

यदि सम्झौतामा केही भए अहिले पनि छलफल गर्न सकिने उनले बताए । उनले भने, ‘पास गर्ने भए गर्ने, नगर्ने भए नगर्न सकिन्छ । सभामुखको टेबलमा आइसकेको छ, अब संसदले निर्णय गर्न सक्छ ।’

यदि दलहरुमा छलफल गर्नुछ भने त्यो संसदको विषय नभएको बताए । दलहरुले पास गर्ने भए पास गर्न र नगर्ने भए नगर्न ह्वीप जारी गर्न सक्ने उनले बताएका छन् ।

साथै सरकारको नीति तथा कार्यक्रममा एमसीसी कहाँ लेखेको छ र ? भन्ने प्रश्न समेत गरे । उनले भने, ‘यो सम्झौता पास गर्ने नगर्ने संसदको कुरा हो । पास भए पनि नभएपनि यो ट्रान्समिसन लाइन सरकारले बनाउँछ ।’

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...