नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं,  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३७५ पुगेको  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

सोमबार साँझ संक्रमण पुष्टि भएकाहरुमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका एक-एक जना रहेको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार नै ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सोमबार दिउँसो नै बाँकेको नरैनापुरमा ४६ जना पुरुष र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा नेपालमै सबैभन्दा बढी ९३ जनामा स‌ंक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो । सोमबार मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३/३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...