कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ?



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ ।

सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गरेका हुन् ।

क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?’ कांग्रेसले प्रश्न गरेको छ ।

एम्बुलेन्स चालक असुरक्षित भएर एम्बुलेन्स उपलब्ध नभएको भए चालकलाई किन सुरक्षा सामग्री उपलब्ध नगराएको भनी कांग्रेसले सोधेको छ । मृत्यु भएपछि ती युवकको शव दिनभर क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा राखिएकामा पनि कांग्रेसले विरोध जनाएको छ ।

‘अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?’ शर्माले प्रश्न गरेका छन् ।

शव उठाउन युवकको परीक्षण रिपोर्ट प्रतिक्षा गरिएको भए चाँडै रिपोर्ट तयार पार्न पहल गर्नुपर्ने कांग्रेसले बताएको छ । नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति हुनु सरकारको गम्भीर लापरबाही भएको प्रवक्ता शर्माले बताएका छन् ।

कांग्रेसले बाँकेको क्वारेन्टाइनमा युवकको मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै घटनाबाट शिक्षा लिंदै गम्भीर भएर काम गर्न सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...