थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४ पुग्यो



हाम्रो इकोनोमि

 

कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । आज बिहानमात्रै ९ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

आज पुष्टी भएका कोरोना संक्रमित ८ जना रौतहटका छन् । १ जना बारा करैयामाई नगरपालिकाका पुरुष छन् । रौतहट इशनाथ नगरपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ भने माधवनारायण नगरपालिकामा एक महिलामा संक्रमण देखिएको छ । इशनाथका सबै संक्रमित पुरुष छन् ।

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ ।

नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...