थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४ पुग्यो



हाम्रो इकोनोमि

 

कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । आज बिहानमात्रै ९ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

आज पुष्टी भएका कोरोना संक्रमित ८ जना रौतहटका छन् । १ जना बारा करैयामाई नगरपालिकाका पुरुष छन् । रौतहट इशनाथ नगरपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ भने माधवनारायण नगरपालिकामा एक महिलामा संक्रमण देखिएको छ । इशनाथका सबै संक्रमित पुरुष छन् ।

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ ।

नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...