लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

नेपालमा कोरोनाबाट दुई जनाको ज्यान गइसकेको र संक्रमितको संख्या बढिरहेका बेला जारी लकडाउनलाई पनि लम्ब्याइने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।

कार्यदलले मन्त्रिषरिषद्मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले जानकारी दिएका छन् । देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्यु समेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताएका छन् । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । उनका अनुसार परीक्षणको दायरा र

स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय पनि समितिले गरेको छ ।
चैत ११ गतेदेखि शुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।

२४ घण्टामा पीसीआर विधिबाट एक हजार ४६९ नमुना परीक्षण
आइतबारसम्म देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या २९२ पुगेको छ । यस्तै बाँके र सिन्धुपाल्चोकका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै ३६ जना निको भएर घर फर्किएका छन् ।

यसैगरी गत २४ घण्टामा पिसिआर विधिबाट एक हजार ४ सय ६९ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् ।

अहिलेसम्म पिसिआर विधिबाट २८ हजार १६० र आरडिटी विधिबाट ६७ हजार ७६९ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश नम्बर २ मा ६ हजार, बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडिटी परीक्षण भएको छ ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा १ सय २२ र उपत्यमा ३५ सहित बागमती प्रदेशमा ७१ जना आइसोलेसनमा रहेका छन् ।

यस्तै गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा १ सय १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना आइसोलेसनमा रहेका छन् । अहिले देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल

     नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो

    काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...