स्वास्थ्यमन्त्री ढकाल र नेकपा प्रदेश २ अध्यक्ष साह बीच छलफल



हाम्रो इकोनोमि

 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रदेश २ मा थप नयाँ कोरोना अस्पताल निर्माण गरिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहसंग आज (आईतबार) छलफल गर्दै स्वास्थ्य मन्त्री ढकालले प्रदेश २ मा थप कोरोना अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रदेश २ भित्र रहेका सबै कोरोना अस्पतालको स्तरोन्नती गर्दै प्रत्येक जिल्लामा थप नयाँ कोरोना अस्पताल निर्माणका साथै त्यसका लागि चाहिने आवश्यक स्वास्थय सामग्रीहरु तुरुन्त स्वास्थय बिभाग मार्फत उपलब्ध गराउँने प्रतिबद्धता मन्त्री ढकालले गरेका छन् ।

‘प्रदेश २ का सबै जिल्लामा हामी थप नयाँ कोरोना अस्पताल निर्माण गर्छौ’ मन्त्री ढकालले भने, ‘अहिले भएका अस्पतालको स्तरोन्नतीका साथै आवश्यक स्वास्थय सामग्रीहरु तुरुन्त उपलब्ध गराउँछौं ।’
पर्सा, रौतहट, बारा, धनुषा सहित प्रदेश २ का जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढदै गईरहेकोमा चिन्ता व्यक्त गर्दै नेकपा नेता साहले सो बारेमा स्वास्थय मन्त्री ढकालको ध्यानाकर्षण गराएका छन् ।
‘नेपाल भारत बीचको खुल्ला सीमा र प्रदेश २ मा जनघनत्वका कारण कोरोना संक्रिमतको संख्या बढदै गईरहेको छ’ साहले भने, ‘हालसम्म पता लागेका बिरामी मध्ये अधिकांश प्रदेश २ कै रहेका छन्, उपचारको व्यवस्था तथा स्वास्थय सामग्री बढाउँन मन्त्रीजीसंग ध्यानाकर्षण गराएको छु ।’

नेकपा केन्द्रीय सदस्य, पुर्व मन्त्री समेत रहेका अध्यक्ष साहले प्रदेश २ सरकारको अदूरदर्शी सोच, अकर्मण्यता एवं गैरजिम्मेवारीपूर्ण लापरवाही र उदासिनता तथा नेपाल–भारत खुल्ला सिमा एवं प्रदेशको उच्च जनघनत्वको कारण यहाँ बिरामीको संख्या बढदै गईरहेको बताए ।
मुलुकभरी हालसम्ममा २९१ जना कोरोना संक्रमित भेटिएको र ति मध्ये अधिकांशन प्रदेश २ कै रहेकाले उनीहरुको उपचारका साथै स्वास्थ्य सामग्री अहिले आवश्यक रहेको छ ।

नेता साहले प्रदेश २ सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको बताउँदै आएका छन् । कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारीपुर्ण, उदाशीनता र चरम लापरवाहीका कारण सिंगो प्रदेश सन्त्रासमा रहेको उनले बताए ।

‘समान्यतया कुनैपनि प्रकारको महासंकट र महाविपत्तिको सामना गर्न संघीय मुलुकमा संघले नीति निर्माण एवं निर्देशनात्मक कार्य गर्दछ भने, प्रदेश सरकार अग्रभागमा रहेर दृढता एवं तादरुकताका साथ आफ्नो कामकार्वाही तथा जिम्मेवारी निरन्तर बहन गर्नुपर्नेमा २ नंबर प्रदेश सरकारको गैरजिम्मेवारीपूर्ण उदाशीनता र चरम लापरवाहीका कारण आज सिङ्गो प्रदेशको यो हविगत देख्न तपाई–हामी बाध्य भएका छौं’ साहले भने ।

अहिले नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरिसकेको गम्भीर अवस्थामा सोही अनुसार परीक्षणको मोडालिटी बिकास गर्न आवश्यक उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...