नेपाली सेनाका दुई जवान पनि कोरोना संक्रमित



हाम्रो इकोनोमि

 

नेपालमा नेपाली सेनामा कार्यरत दुई जवानलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जनकपुरधाममा गरिएको पीसीआर परीक्षणमा मध्य पृतना महोत्तरीमा कार्यरत सेनाका दुई जवानमा कोरोना पुष्टी भएको हो ।

संक्रमित दुबै जनालाई एम्बुलेन्समार्फत काठमाडौं लगि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा निगरानीमा राखिने सेनाले जनाएको छ ।

शनिबारको नियमित मिडिया ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको बताएका थिए ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।
जसमध्ये २ सय २४ पुरुष र ५४ जना महिला छन् भने ३६ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...