नेपाली सेनाका दुई जवान पनि कोरोना संक्रमित



हाम्रो इकोनोमि

 

नेपालमा नेपाली सेनामा कार्यरत दुई जवानलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जनकपुरधाममा गरिएको पीसीआर परीक्षणमा मध्य पृतना महोत्तरीमा कार्यरत सेनाका दुई जवानमा कोरोना पुष्टी भएको हो ।

संक्रमित दुबै जनालाई एम्बुलेन्समार्फत काठमाडौं लगि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा निगरानीमा राखिने सेनाले जनाएको छ ।

शनिबारको नियमित मिडिया ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको बताएका थिए ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।
जसमध्ये २ सय २४ पुरुष र ५४ जना महिला छन् भने ३६ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...