प्रदेश २ को आठै जिल्लामा कोरोना संक्रमित भेटिए



हाम्रो इकोनोमि

 

शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी छन्, त्यसबाहेक बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

सिरहाका संक्रमित फागुन २८ गते मलेसियाबाट आएका थिए । उनको यसअघि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मलेसियाबाट आएलगत्तै उनलाई रुघाखोकी र ज्वरो देखा परेपछि आइसोलेसनमा राखी पीसीआर परीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले बताए ।

‘त्यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो’ उनले भने, ‘त्यसपछि उनलाई छाडिएको थियो ।’

पछिल्लो पटक गत वैशाख २८ गते उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । ‘अहिलेसम्मको हाम्रो अनुमान त्यही व्यक्ति नै हो’ उनले भने, ‘थप कुरा हामी पत्ता लगाउँदैछौं ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...