प्रदेश २ को आठै जिल्लामा कोरोना संक्रमित भेटिए



हाम्रो इकोनोमि

 

शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी छन्, त्यसबाहेक बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

सिरहाका संक्रमित फागुन २८ गते मलेसियाबाट आएका थिए । उनको यसअघि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मलेसियाबाट आएलगत्तै उनलाई रुघाखोकी र ज्वरो देखा परेपछि आइसोलेसनमा राखी पीसीआर परीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले बताए ।

‘त्यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो’ उनले भने, ‘त्यसपछि उनलाई छाडिएको थियो ।’

पछिल्लो पटक गत वैशाख २८ गते उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । ‘अहिलेसम्मको हाम्रो अनुमान त्यही व्यक्ति नै हो’ उनले भने, ‘थप कुरा हामी पत्ता लगाउँदैछौं ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...