कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारी : प्रभु साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले प्रदेश २ सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको आरोप लगाएका छ ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आज (शुक्रबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारीपुर्ण, उदाशीनता र चरम लापरवाहीका कारण सिंगो प्रदेश सन्त्रासमा रहेको आरोप लगाएका छन् ।
‘समान्यतया कुनैपनि प्रकारको महासंकट र महाविपत्तिको सामना गर्न संघीय मुलुकमा संघले नीति निर्माण एवं निर्देशनात्मक कार्य गर्दछ भने, प्रदेश सरकार अग्रभागमा रहेर दृढता एवं तादरुकताका साथ आफ्नो कामकार्वाही तथा जिम्मेवारी निरन्तर बहन गर्नुपर्नेमा २ नंबर प्रदेश सरकारको गैरजिम्मेवारीपूर्ण उदाशीनता र चरम लापरवाहीका कारण आज सिङ्गो प्रदेशको यो हविगत देख्न तपाई–हामी बाध्य भएका छौं’ नेकपा प्रदेश २ ले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपाले शुरुदेखी नै २ नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा मुख्यतः नेपाल–भारत खुल्ला सिमा र उच्च जनघनत्वका कारण बढी संवेदनशील र जोखिमयुक्त बताउँदै आएको छ । अहिले देशभरमा भेटिएको २५८ जना कोरोना संक्रमित मध्य लगभग अधिकांश २ नंबर प्रदेशकै हुनु गम्भीर चिन्ताको विषय भएको नेकपा प्रदेश २ ले जनाएको छ ।

अहिले नेपालमा पनि कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको गम्भीर अवस्थामा सोही अनुसार परीक्षणको मोडालिटी बिकास गर्न आवश्यक रहेको नेकपा प्रदेश २ ले जनाएको छ ।

विदेशबाट स्वदेश फिर्ता हुने नेपली नागरिकहरुको अनुमानित संख्यालाई मध्यनजर गर्दै तत्काल आवश्यक कोरेनटाईनको निर्माण तथा आईसोलेशनको क्षमतामा बृद्धि, आवश्यक मात्रामा आईसीयू वेड तथा भेन्टिलेटरको प्रबन्ध सहित २ नम्बर प्रदेशको प्रत्येक जिल्लामा तत्काल वृहत संख्यामा कोरोना संक्रमण परिक्षण गर्नका लागी आरटिपिसिआर प्रविधि सहितको भरपर्दो परिक्षणशाला निर्माण, जिल्ला जिल्लामा कोरोना विशेष अस्पताल निर्माण लगायतका माग नेकपा प्रदेश २ ले गरेको छ ।

काम विहिन दक्ष जनशक्तिहरुको उच्चतम प्रयोगको वातावरण निर्माणमा ईमन्दारीताका साथ दृढसंकल्पित भएर युद्ध स्तरमा लाग्न प्रदेश सरकार सहित सम्बन्धित सबै सरोकारवाला पक्षहरुसंग नेकपाले जोडदार माग गरेको छ ।

पछिल्लो समय कोरोना भाईरसको संक्रमण मुख्यतः प्रदेश नंबर २ लगायत देशभर नै बढ्दो क्रममा रहेकोले यथाशीघ्र लकडाउनलाई वैज्ञानिक एवं भुगोल सुहाँउदो व्यवहारिक रुपमा व्यवस्थित गर्दै अगाडि बढ्न सुझाव नेकपाले सरकारलाई दिएको छ ।

यस्तै लकडाउन अझपनि लम्बिने सम्भावना प्रवल नै रहेकोले भारत लगायत अन्य देशमा रोजगारी र अध्ययनका लागी गएका नेपाली नागरिकहरुमध्ये अहिले स्वदेश फर्कन ईच्छुकहरुलाई यकीन गरी वैध, व्यवस्थित तथा सुरक्षित तवरले स्वदेश फिर्ता बोलाउने वातावरण तत्काल तयार गर्न संघीय सरकारको नेकपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंकटको यस चुनौतीपूर्ण समयमा जोखिम न्यूनीकरणको प्रमुख आधार सामाजिक दुरी कायम गर्दै स्वयंसेवी भूमिका सहित समाजमा सचेतना फैलाउने र आफुभन्दा असहाय, गरीब–विपन्न, ज्याला–मजदूरी गर्ने तथा जरुरतमन्दहरुलाई आवश्यक सहयोग गर्ने लगायतका सामाजिक कार्यहरुमा सक्रिय रहन पार्टी पंक्तिका सम्पूर्ण सदस्यहरुलाई नेकपा प्रदेश २ ले बिशेष आग्रह गरेको छ ।

निकट भविष्यमा पार्टी–संगठनमा नेतृत्व मुल्याङ्कनको एउटा प्रमुख आधार कोरोना विरुद्धको संघर्षमा कसको कस्तो भूमिका थियो ? पनि हुने भएकोले यसमा २ नम्बर प्रदेश, नेकपा मातहतका सम्पूर्ण ईमानदार नेता–कार्यकर्ता साथीहरुलाई अग्रभागमा रहेर आफ्नो भूमिका खेल्न विशेष अह्वान र अनुरोध नेकपाले गरेको छ ।

साथै यस कार्यमा पहिलादेखी नै कुशलतापूर्वक लागि परेका पार्टीका नेता–कार्यकर्ता एवं समाजसेवी व्यक्तित्वहरु र कर्तव्यनिष्ठ जनप्रतिनिधिहरु सबैमा नेकपाले हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गरेको छ ।

यसैगरी विश्वसंगै नेपालमा पनि महाविपत्तिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमयुक्त अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुप्रति नेकपाले उच्च सम्मान, संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...