बाँकेको आठैजना संक्रमित भारतबाट लुकिछिपी तीन दिनअघि आएका थिए



हाम्रो इकोनोमि

 

बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ ।जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको यसअघि नेपालगञ्जमा भेटिएका सङ्क्रमितसँग सम्पर्क नरहेको पाइएको छ । सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भएको छ ।

हाल नरैनापुरमा ४४१ जना क्वारेन्टाइनमा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकाले अझै सजगता आवश्यक देखिएको श्रेष्ठले बताए । नरैनापुर गाउँपालिकामा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

उनका अनुसार भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १० क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...