काठमाडौंका होटलहरूमा क्वारेन्टाइन बनाउँने सरकारको तयारी



 

स्वदेश फर्किने कामदारलाई काठमाडौंका होटलहरूमा क्वारेन्टाइन गर्ने सरकारले प्रस्ताव गरेको छ । त्यसका लागि कोठाहरू उपलब्ध गराउन थुप्रै होटल तयार छन् । श्रम मन्त्रालयले नगरकोटलगायत एकान्तस्थलमा रहेका होटलहरूमा यस्तो क्वारेन्टाइन बनाउन सकिने बताएको छ ।

कामदारलाई सम्बन्धित प्रदेशकै क्वारेन्टाइन स्थलमा राख्ने दोस्रो विकल्प दिइएको छ । तेस्रो विकल्पका रुपमा स्थानीय तहका क्वारेन्टाइन स्थल प्रयोग गर्न सकिने अवधारणा छ । कामदारको घर रहेको स्थानीय तहले प्रवन्ध गरेको क्वारेन्टाइनस्थलमा नै लगेर राख्नेबारे पनि छलफल भइरहेको प्रवक्ता घिमिरेले बताए ।

मुख्यरुपमा कुवेत र मलेसियाबाट आउने कामदारको व्यवस्थापन पेचिलो हुने भन्दै घिमिरेले अन्यत्र समस्यामा रहेका कामदारलाई पनि ल्याउन सकिन्छ कि भनेर तथ्यांक लिन थालिएको बताए ।

‘हामीले साँच्चिकै समस्यामा रहेका कामदार कति छन् भनेर भरपर्दो तथ्यांक लिन सुरु गरेका छौं,’ उनले भने, ‘विदेशमा चरम समस्यामा रहेकाहरूलाई ल्याउन सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको छ ।’

वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले समस्यामा परेका कामदारलाई कसरी फिर्ता ल्याउने भन्नेबारे सुझावसहितको प्रतिवेदन पनि बनाएको छ । बोर्डले अन्तर्राष्ट्रिय हवाई  प्रतिबन्ध खुल्नुअघि नै कस्ता व्यक्तिलाई उद्धारको आवश्यकता छ भन्ने निर्णय लिएर उचित कदम चाल्नुपर्ने सुझाव दिएको छ ।

पीसीआर परीक्षण अनिवार्य

श्रम मन्त्रालयले यस्ता कामदारल्याउनु अघि गर्नुपर्ने व्यवस्थाबारे विभिन्न विकल्पसहितको प्रस्ताव तयार गरेको छ । कामदारले विमान चढ्नुअघि आफू स्वस्थ रहेको प्रमाण तयार राख्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरे बताउँछन् ।

‘नेपाल फर्काइने कामदारको कोरोना परीक्षण (पीसीआर टेस्ट) सम्बन्धित देशले नै गरोस् भनेर हामीले प्रस्ताव गरेका छौं,’ उनले भने, ‘संक्रमित बिरामीले यात्रा गर्दा अरूमा पनि सर्ने सम्भावना हुने भएकाले नेपाल फर्किने कामदारको परीक्षण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हुनुुपर्छ ।’

विदेशमा संक्रमित नेपालीको उपचार उतै गर्नुपर्ने भएकाले नेपाल फर्किनुअघि कामदारको पीसीआर टेस्ट सम्बन्धित देशमै गर्दा राम्रो हुने घिमिरेको भनाइ छ । उनले भने, ‘हामी स्वस्थ कामदारहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्छौं ।’

विदेशमा रहेका सबैलाई सरकारी खर्चमा ल्याएर क्वारेन्टाइन गर्न सम्भव नहुने तर्क गरिँदै आएको छ । बाध्यात्मक अवस्थामा ल्याउनुपर्ने कामदारहरूलाई कसरी क्वारेन्टाइनमा राख्ने भन्नेबारे पनि सरकार छलफलमै छ । ‘हामीले यसबारे तीनवटा विकल्पमा छलफल गरेका छौं,’ प्रवक्ता घिमिरेले भने, ‘कुन विकल्पमा रहेर क्वारेन्टाइन व्यवस्थापन गर्ने भन्ने निर्णय हुन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

३८ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत